विश्व योग दिवस : योगका अनेक लाभ

 नियमित अभ्यासद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ ।आज दिन-दिनै अस्पताल बनिरहेका छन् । अत्याधुनिक चिकित्सा उपकरणको विकास भइरहेका छन् । स्वास्थ्यकर्मीहरु उत्पादन भइरहेका छन् । नयाँ नयाँ औषधिको खोज र विकास भइरहेका छन् । किनभने प्रतिदिन अस्पतालको चक्कर लगाउने बढ्दैछ । औषधिको खपत बढ्दैछ । रोग लागेपछि त्यसको निदान र उपचार जरुरी छ । त्यसैले रोग लागिसकेको अवस्थामा अस्पताल धाउनु, औषधि खानु नै छ । यद्यपि रोगमुक्त जीवन विताउनका लागि के गर्ने ?



यसका लागि हाम्रा पूर्खाहरुले विभिन्न खोज अध्ययन र अभ्यास गरेका छन् । निरोगी एवं रोगमुक्त भएर खुसी र आनन्दित जीवन विताउने उपायहरु पत्ता लगाएका छन् । र, आफ्ना सन्ततीलाई त्यसैको अनुसरण गर्न प्रेरित गर्दै आएका छन् ।

योग भनेको सही तरिकाले जिउने विज्ञान हो । अतः यसलाई हामीले आफ्नो जीवनमा सामेल गर्नुपर्नेछ । यो हाम्रो जीवनसँग जोडिएको भौतिक, मानसिक, भावनात्मक, आत्मिक र आध्यात्मिक सबै क्षेत्रमा काम गर्छ ।
 
योगको प्रकार :-
चक्रासन (Wheel Pose)

भुजंग आसन (Cobra Pose)

पादहस्तासन (Hand Under Foot Pose)

अर्ध चन्द्रासन (Half Moon Pose)

हलासन (Plow Pose)

योगको अर्थ हो, जोडिनु । मन र शरीर जोडिनु । मन र प्रकृति जोडिनु । सार्वभौमिक चेतना र व्यक्तिगत चेतना आपसमा जोडिनु हो । व्यवहारिक कोणबाट योग भनेको शरीर, मन र भावनालाई सन्तुलित गर्ने एवं तालमेल मिलाउने एक साधन हो । योगको यो एकता आसन, प्राणायाम, मुद्रा बँध, षट्कर्म र यानको अभ्यासबाट प्राप्त हुन्छ । त्यसैले योग एक जिउने तरिका हो ।योगले शारीरिक लाभ मिल्छ । त्यसपछि मानसिक र भावनात्मक स्तरमा यसबाट लाभ मिल्छ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु योग हो । योगले आफुभित्र रहेका रोगलाई निरोध गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post