ओलम्पिक छनोटका लागि फेन्सिङ खेलाडी अनिता उज्वेकिस्तान प्रस्थान

 


१० वैशाख, काठमाडौं । फेन्सिङ खेलको एसिया-ओसियन ओलम्पिक छनोट प्रतियोगिता खेल्न नेपाली फेन्सिङ खेलाडी अनिता कार्की उज्वेकिस्तान प्रस्थान गरेकी छन् ।

छनोटमा नेपाली फेन्सर अनिता कार्कीले महिला इपीतर्फ प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षकमा जंग गिरी छन् । कार्की नेपालमा भएको छनोटमा उत्कृष्ट हुँदै ओलम्पिक छनोट खेल्न छानिएकी हुन् ।

दुई जनालाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले बिहीबार विदाई गरेका हुन् । छनोट प्रतियोगिता अप्रिल २४ देखि २६ सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post