गेटाफे विरुद्व बार्सिलोनाका पाँच गोल

 




१० वैशाख, काठमाडौं । लियोनल मेसीको उत्कृष्ट प्रदर्शन प्रेरित बार्सिलोनाले स्पानिस ला लिगामा गेटाफेलाई ५-२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि मेसीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । यस्तै एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक-एक गोल गरे । गेटाफेले एक गोल बार्सिलोनालाई उपहार दिएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए । एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेग्लेटले आत्मघाती गोल गरेपछि गेटाफेले खेल १-१ को बराबरी गर्‍यो ।

२८ औं मिनेटमा गेटाफेका सोफियन चक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले २-१ को अग्रता बनायो । ३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ३-१ को अग्रता बनायो ।

६९ औं मिनेटमा गेटाफेका इनेसले पेनाल्टीमा गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्‍याए । खेलको ८७ औं मिनेटमा रोनाल्डले गोल गर्दै बार्सिलोनालाई ४-२ को अग्रता दिलाए ।

त्यसपछि इन्जुरी टाइममा ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५-२ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post