रंगकर्मी प्रदिप र मोडल रियाशाको थारु गीत सार्वजनिक

 


कोरोना सन्त्रास बढेसँगै मनोरञ्जनका अन्य गतिविधि पनि प्रभावित भएका छन् । खासगरी सिनेमा क्षेत्र यसको मारमा छ । सिनेमा हल ठप्प छ । यद्यपि संगीत क्षेत्रमा भने कोरोनाको प्रभाव तुलनात्मक रुपमा कम छ । यतिबेला गीत रेकर्ड र म्युजिक भिडियो निर्माण उत्तिकै तिब्रतासाथ भइरहेको छ । रमाइलो त के भने, कोरोना कालमा कतिपय गायक-संगीतकर्मी भ्याई नभ्याई छन् । कति गायक-गायिकाले एक महिनाको अवधिमा सयको हाराहारीमा गीत रेकर्ड गराएका छन् । म्युजिक भिडियोका मोडल पनि मालामाल छन् । कोरोना कालमै म्युजिक भिडियो खेलेर लाखौं रुपैयाँ कमाई गरेको उनीहरुले बताउँदै आएका छन् ।

यसै मेसोमा विभिन्न जातजातिको गीत रेकर्ड गर्ने र म्युजिक भिडियो निर्माण हुने क्रम पनि छ। जस्तो हालै मात्र थारु भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु भाषाको तुहि हो तुहि बोलको गीतको भिडियो सार्वजनिक भएको हो। नयाँ वर्षको अवसर पारेर  सार्वजनिक गरिएको उक्त गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर छ भने नरेश जोगी कै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा उत्सव दाहालको क्यामेरा, चन्द्र चौधरीको मिक्सिङ र मिलन बिश्वकर्माको सम्पादन तथा कलर रहेको छ। गीतमा रंगकर्मी  प्रदिप कुमार चौधरी र रियाशा दाहालको अभिनय देख्न सकिन्छ।

गीतलाई सर्लाही जिल्लाको हरिपुर, सिसवा क्षेत्रको विभिन्न थारु बस्तीमा छाँयाकन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post