फेसबुकमा सीडीओलाई गाली गर्ने युवक पक्राउ

सामाजिक सञ्जाल ‘फेसबुक’मा प्रमुख जिल्ला अधिकारी ‘सीडीओ’लाई गाली गर्ने एक युवक पक्राउ परेका छन ।सीडीओ हिरालाल रेग्मीविरुद्ध अपशब्द लेखेको आरोपमा वीरेन्द्रनगर-१२ का राजन चालिसे पक्राउ परेका हुन् ।

कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउन गरेको निर्णयको आलोचना गर्दै चालिसेले फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेका थिए । फेसबुकमा सीडीओलाई गालीगलौज गर्ने ती युवक शनिबार नै पक्राउ परेका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भदौ एक गतेदेखि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा १२ गतेदेखि हटाउने निर्णय गरेको थियो । यो निर्णयको विरोध गर्दै ती युवकले फेसबुकमा आफू सुरक्षित छु भन्दैमा जनता मार्ने भन्दै स्टाटस राखेकाले प्रहरीले पक्राउ गरिएको बताएको छ । अहिले उनी विरुद्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post