पाँच महिनापछि खुल्यो नियमित उडान

काठमाडौं । पाँच महिनापछि नियमित उडान खुलेका छन् । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्दै छ भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउदै छ ।

कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता विदेशमा अड्किएका नेपाली र नेपालमा अड्किएका विदेशीहरु ओसार्न चार्टर्ड उडानहरु भए पनि नियमित व्यवसायिक उडान हुन सकेको थिएन । अहिले विभिन्न सुरक्षा मापदण्ड अपनाएर सिमित संख्यामा सरकारले उडान सुचारु गरेको हो ।

विमानमा यात्रा गर्ने यात्रुलाई भने केही सास्ती हुनेछ । सरकारले जारी गरेका दर्जन बढी शर्तको अनिवार्य पालना गर्नुपर्नेछ भने विमानस्थलबाट सोझै घर जान पाइने छैन् । विमानबाट झर्नेवित्तिकै नेपाल एयरलाइन्सको र्‍याम्पबसले यात्रुलाई प्रस्थान टर्मिनलसम्म ल्याउने र त्यहाँबाट सेनाले होल्डिङ सेन्टर लैजानेछ । होल्डिङ सेन्टरबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई फाराम भराएर घर पठाइन्छ भने रिपोर्ट नभएका यात्रुलाई क्वारेन्टिनमा पठाइनेछ ।

अब भने एउटै जहाजमा पीसीआर नेगेटिभ भएका र परीक्षण नगरेका यात्रुलाई ल्याउन पाइने छैन । यसरी ल्याएमा सबै जिम्मेवारी सम्बन्धित वायुसेवा कम्पनीको हुनेछ । अर्थात् सबै यात्रु अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ र त्यसको खर्च वायुसेवा कम्पनीले बेहोर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post