‘महको म’ Novel Audio (Maha Ko Ma)

चर्चित अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ (Maha Ko Ma)

Play Audio Below:



Author : Madan Krishna Shrestha
Publisher : Fineprint Publication
Category: Biography, Non-Fiction
Genre: Autobiography
Language: Nepali
Published: 2017
Origin: Nepal
ISBN13: 9789937665339
ISBN10: 9937665337
Pages: 295


“Maha Ko Ma” is an autobiographical book that throws light on the unseen and perhaps the harsher side of the life of one of the most eminent entertainers in the Nepali entertainment scene, Madan Krishna Shrestha.

‘आत्मकथा लेख्न सजिलो हुनुपर्ने हो । कथा लेख्न, उपन्यास लेख्न समय लाग्छ । कल्पना गरेर लेख्नुपर्छ । आत्मकथामा त आफ्नो जीवनको भोगाई यसो सम्झेर कागजमा उतार्ने न हो । त्यो पनि लेख्न पनि मलाई ६ वर्ष लाग्यो’ उनले भने ।

‘मलाई साथीहरुले जीवनी लेख्न प्रेरित गरिरहन्थे । म चाहिँ के छ र मेरो जिन्दगीमा के नै छ र जीवनी लेख्ने कुरा भनेर टारिरहन्थेँ । तर, लेख्दै जाँदा अनेक कुरा सम्झिँदोरहेछ । मैले ०५८ सालमा लेख्न सुरु गरेँ । त्यसको केही समयमै मेरी श्रीमतीलाई क्यान्सर भयो । त्यसपछि दुई वर्षसम्म ठ्याप्पै लेखिन’ उनले सुनाए ।

उनले अघि भने, श्रीमतीको अवस्था अलि सुधार भएपछि फेरि लेख्न बसेँ । तर, त्यो लेखाई पनि नियमित भएन । श्रीमतीलाई अलिकति सन्चो भएको दिन र मुड चलेको दिन २-४ लाइन लेख्थेँ । तर, उनको दुखाई बढेको बेलामा एक अक्षर लेख्न सक्दिनथेँ । पछि म आफैंलाई पार्किन्सन्सले सताउँदै जान थाल्यो । यो अति अप्ठेरो रोग रहेछ ।

पार्किन्ससका कारण मेरो खुट्टा भूईंबाट उठ्दैन । आफ्नो कुरा आफ्नो खुट्टाले मान्दैन । लेख्दा अक्षरहरु साना-साना हुँदै जाने रहेछन् । एकैसाथ दुई काम गर्न नसकिने रहेछ । किताब लेख्दा औंला चलाउने र अर्को काम हात सार्दै जानुपर्ने हुन्छ । तर मेरो हात चल्दैनथ्यो । अर्को हातले धकेलेर लेख्नुपर्ने भयो ।’

Source: https://www.onlinekhabar.com/2017/09/623837

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post