नेपाल आर्मीमा भर्ना हुन र शारीरिक परीक्षाको ईभेन्टमा पास हुन के-के गर्नुपर्छ ।

नेपाल आर्मीमा भर्ना हुन के - के गर्नु पर्छ ।

के तपाई नेपाल आर्मीमा छनोट हुनका लागि के कस्ता शारीरिक तन्दुरस्ती भएको हुनुपर्छ र शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरुमा के - के हुन्छ र त्यस बापत कति कति अंक पाईन्छ भनेर सोच्दै हुनुहुन्छ । यदि सोच्दै हुनुहुन्छ भने आज हामी यसै बिषयमा यो भिडियो लिएर आएका छौँ । तपाईलाई हाम्रो भिडियो मन परेमा हाम्रो Channel लाई Like, Share र Subscribe गर्न नभुल्नुहोला ।


भर्ना छनोट प्रकृयामा हुने (बियरिङ्ग चेक, सिट अप, पुस अप, चिन अप, छोटो डौड र लामो दौँड)मा कुनै पनि ईभनेन्टमा अनुत्तीर्ण हुनुभएमा सो भन्दा पछिको ईभेन्टमा तपाईलाई सहभागी गराईनेछैन । प्रथम चरणमा बियरिङ्ग चेक अर्थात प्रारम्भीक स्वास्थय परीक्षण परिक्षा हुन्छ । यस ईभेन्टमा सबै भन्दा पहिला उमेदवारको उचाई, वजन र छातीको चेकजाच गरिन्छ जसअन्तरगत: 

पुरुष उम्मेदवारको हकमा उचाई ५ फिट ३ ईन्च, वजन ५० के.जी.(११० पौण्ड) र छाती नफुलाउंदा ३२ ईन्च फुलाउंदा ३४ ईन्च हुन पर्नेछ भने महिला उम्मेदवारको हकमा उचाई अधिकृत क्याडेटको लागि ५ फिट र प्राविधिक अधिकृत तथा अरुदर्जा को लागि ४ फिट १० ईन्च, बजन ४० के.जी.(८८ पोण्ड) हनु पर्नेछ । 

त्यसपछि तफाईको शारीरिक बनावटको जाँच हुनेछ । यसमा के के कुराहरु हेरिन्छ भनेर हामी जानकारी गराउन गइरहेका छौँ । 

(क) अंगभंग नभएको,
(ख) कुरूप नदेखिने,
(ग) हात खुट्टा बाङ्गो टिङ्गो नभएको र औलाहरू ठीक भएको,
(घ) घुँडा नजोडिने (Knee Lock),
(ङ) हात खुट्टामा मुसा नभएको,
(च) धेरै चेप्टो पैताला नभएको,
(छ) प्रष्ट बोली भएको,
(ज) भकभकाउने र लठ्यौरो नहुने,
(झ) दांत नझरेको,
(ञ) ढाड कृप्रो नभएको,
(ट) शरीर पूरा झुकाउन सक्ने
(ठ) जिउ कोल्टे नपरेको,
(ड) दुवी नभएको,
(ढ) कपाल नझरेको,
(ण) कपाल नफुलेको र नरंगाएको,
(त) आँखा डेढो नभएको,
(थ) वायाँ आँखा चिम्लन सक्ने,
(द) ज्यादै छिप्पएको नदेखिने,
(ध) लुरे नदेखिने,
(न) उचाई अनुसार हनु पर्ने तौल भन्दा बढी तौल नभएको,
(प) शरीर मोटो तर हात खुट्टा झिनो नदेखिने,
(फ) शरीरमा ट्याटु मार्क नबनाएको,
(ब) अनुहारमा अस्वाभाविक दागहरू नभएको । 

प्रथम चरण पास भएपछि दोस्रो चरणमा शारीरिक परीक्षा हुनेछ । जस अन्तरगत कुन ईभेन्टमा के-के गर्दा पास भईन्छ र के-के गर्दा फेल भईन्छ भन्ने बारेमा हामी जानकारी गराउन गइरहेका छौँ ।

For Detail Click The Link Below (Page 47-49):
Nepal Army Recruitment Policy

१) अधिकृत क्याडेट तर्फ 
  • पुरुष उमेदवारहरु पास हुनको लागि सिटअप १५ पटक, पुसअप १० पक, चिनअप ३ पटक, ३०० मिटर दौड ७० सेकेण्डमा र २ माईल दौड १६ मिनेटमा पूरा गर्नु पर्नेछ ।
  • महिला उमेदवारहरु पास हुनको लागि सिटअप ८ पटक, पुसअप ५ पटक, ३०० मिटर दौड ७० सेकेण्डमा र १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्नेछ ।

२) प्राविधीक अधिकृत तर्फ 
  • पुरुष उमेदवारहरु पास हुनको लागि सिटअप १० पटक, पुसअप १० पक, चिनअप ३ पटक, ३०० मिटर दौड ७० सेकेण्डमा र १ माईल दौड ९ मिनेटमा पूरा गर्नु पर्नेछ ।
  • महिला उमेदवारहरु पास हुनको लागि सिटअप ८ पटक, पुसअप ५ पटक, ३०० मिटर दौड ८० सेकेण्डमा र १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्नेछ ।

३) अमल्दार तर्फ 
  • पुरुष उमेदवारहरु पास हुनको लागि सिटअप १० पटक, पुसअप १० पक, चिनअप ३ पटक, ३०० मिटर दौड ६० सेकेण्डमा र २ माईल दौड १४ मिनेटमा पूरा गर्नु पर्नेछ ।
  • महिला उमेदवारहरु पास हुनको लागि सिटअप ८ पटक, पुसअप ५ पटक, ३०० मिटर दौड ७० सेकेण्डमा र १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्नेछ ।

४) प्राविधिक (सुवेदार / जमदार /हुद्दा/ अमल्दार) तर्फ 
  • पुरुष उमेदवारहरु पास हुनको लागि सिटअप १० पटक, पुसअप १० पक, चिनअप २ पटक, ३०० मिटर दौड ७० सेकेण्डमा र १ माईल दौड ९ मिनेटमा पूरा गर्नु पर्नेछ ।
  • महिला उमेदवारहरु पास हुनको लागि सिटअप ८ पटक, पुसअप ५ पटक, ३०० मिटर दौड ८० सेकेण्डमा र १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्नेछ ।
५) सैन्य तर्फ 
  • पुरुष उमेदवारहरु पास हुनको लागि सिटअप १५ पटक, पुसअप १० पक, चिनअप ५ पटक, ३०० मिटर दौड ४१ सेकेण्डमा र २ माईल दौड १४ मिनेटमा पूरा गर्नु पर्नेछ ।
  • महिला उमेदवारहरु पास हुनको लागि सिटअप ८ पटक, पुसअप ५ पटक, ३०० मिटर दौड ६५ सेकेण्डमा र १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्नेछ ।

६) फलोअर्स तर्फ 
  • पुरुष उमेदवारहरु पास हुनको लागि सिटअप ८ पटक, पुसअप ५ पक, चिनअप ३ पटक, ३०० मिटर दौड ६० सेकेण्डमा र २ माईल दौड १७ मिनेटमा पूरा गर्नु पर्नेछ ।
  • महिला उमेदवारहरु पास हुनको लागि सिटअप ८ पटक, पुसअप ५ पटक, ३०० मिटर दौड ७० सेकेण्डमा र १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्नेछ ।

यसरी सबै ईभेन्टमा पास भए पछि तपाई लिखित परीक्षाको लागि छनोट हुनु हुनेछ । यदि कुनै जिज्ञासा भएमा हामीलाई Comment मार्फत भन्न नभुल्नुहोला र यस सम्बन्धी सम्पुर्ण विवरण हेर्नको लागि भिडियोको Description मा दिएको Link लाई Click गर्नुहोला । हवस्त आजलाई यति, तपाईलाई हाम्रो Video कस्तो लाग्यो । मन परेमा Video लाई Like, Comment र Share गर्नु होला र हामीलाई Support गर्नको लागि हाम्रो Channel लाई Subscribe गर्न नभुल्नु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post