महासागर समबन्धी महत्वपूर्ण जानकारी

महासागर 

  • पृथ्वीको सतहमा पानीले ढाकेको विशाल जलमण्डलको भाग महासागर हो । पृथ्वीको सतहको कूल क्षेत्रफलको ७०.८% भाग जलमण्डलले ढाकेको छ । 
  • पृथ्वीको सतहमा २२ करोड घन मिल पानी रहेको छ । पृथ्वीको कूल पानीको भागमध्ये ८९% भाग महासागरले ढाकेको छ । बाँकी ११% भाग नदी, हिमनदी, ताल, तलैया र सागरले ढाकेको छ । 
  • उत्तरी गोलार्द्धधमा जलसतह र स्थलसतह करिब बराबर रहेको छ भने दक्षिण गोलार्द्धधमा स्थल सतहको तुलनामा १५ गुणा बढी जलसतह रहेको छ । 
  • समुन्द्रको गहिराई नाप्ने यन्त्रलाई फेदोमिटर भनिन्छ । 
  • महासागर ५ वटा रहेका छन् । ती हुन् प्रशान्त, आन्ध्र, हिन्द, कुमेरु र सुमेरु महासागर । 
  • पृथ्वीको कूल सतहको ३६,००,००,००० वर्ग किलोमिटर क्षेत्र पानीले ढाकेको छ । 

प्रशान्त महासागर : 

  • सबैभन्दा ठूलो र गहिरो महासागर । यसले पृथ्वीको कूल क्षेत्रफलको १ तिहाई भाग ओगटेको छ । 
  • यो महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च विश्वकै सबैभन्दा गहिरो समुन्द्रको पिँध हो । यो ट्रेन्च फिलिपिन्स नजिक रहेको जसको गहिराई समुन्द्र सतहबाट ११,७७६ मिटर रहेको छ । 
  • यो उत्तर र दक्षिण अमेरिकाको पश्चिमी भागमा तथा एशिया र अष्ट्रेलियाको पूर्वी र उत्तर भागमा अवस्थित रहेको छ । 
  • पृथ्वीको धरातल खुम्चने र फैलने क्रममा प्रत्येक वर्ष १ इनचका दरले यो महासागर खुम्चदै गएको छ । 
  • प्रशान्त महासागरको नाम स्पेनिस अनुसन्धानकर्ता फर्डिनेन्ट मेगलनले राखेका हुन् । उनले प्रशान्त महासागर पार गर्ने क्रममा डुङगा खियाउने क्रममा शान्त र सरल भएकोले यसको नाम Pacific राखेका हुन् । स्पेनिस भाषामा Pacific को अर्थ शान्त र सौम्य भन्ने बुझाउँछ । 
  • प्रशान्त महासागरमा धेरै टापु र २० हजारभन्दा बढी द्धीपहरु रहेका छन् । 
  • यस महासागरमा मिल्ने प्रमुख नदीहरुमा ह्वाङहो, अमुर, यान्जे, क्लोराडो, युकन आदि हुन् । 
  • सबैभन्दा सानो महासागर सुमेरु महासागरको तुलनामा प्रशान्त महासागर साढे ११ गुणा ठूलो रहेको छ ।
  • सबैभन्दा ठूलो र गहिरो महासागर कुन हो ? - प्रशान्त महासागर 
  • प्रशान्त महासागरको क्षेत्रफल कति छ ? - करिव १६ करोड ५२ लाख व.कि.मि. 
  • प्रशान्त महासागरले पृथ्वीको जलमण्डलको कति भाग ओगटेको छ ? - ४५.५%
  • उत्तर र दक्षिण अमेरिकाको पश्चिमी भाग तथा एसिया अष्ट्रेलियाको पूर्वी र उत्तरी भागमा अवस्थित महासागर,  प्रशान्त महासागर हो ।
  • त्रिभुज आकारको महासागर भनेर प्रशान्त महासागरलार्ई बुझिन्छ ।
  • प्रशान्त महासागरको औसत गहिराई ४३०० मि  रहेको छ ।
  • प्रशान्त अग्नीको घेरा (The ring of the Pacific fire) भन्नाले, " प्रशान्त महासागर वरिपरिको ज्वालामूखीको क्षेत्र लाई बुघीन्छ । "
  • प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग मरियाना ट्रेन्चको गहिराई समुन्द्र सतहदेखि ११,७७६ मिटर रहेको छ ।
  • हृवांगो, मिसौरी, यान्जे नदीहरू प्रशान्त महासागरमा मिसिने प्रमुख नदीहरू हुन ।
  • प्रशान्त महासागरमा साना ठूला गरी २० हजार  टापु तथा द्वीपहरू रहेका छन् ।
  • पृथ्वीको धरातल खुम्चिने र फैलिने क्रममा प्रशान्त महासागर वर्षेनी १ इन्चका दरले खुम्चिँदै गएको छ । 
  • प्रशान्त महासगरलाई Pacific भनी नामकरण गर्ने व्यक्ति स्पेनिस अनुसधानकर्ता फर्डिनेन्ड मेगलन हुन ।
  • Carolines, Marshals तथा Ellicel टापुहरू माइक्रोनेसिया समूहमा पर्छन् ।
  • Solomons, New Hebrides तथा Fiji टापुहरू मेलेनेसिया  समूहमा पर्छन् । 
  • Line Island, Cook Society, Taumotu टापुहरू पोलिनेसिया  समूहमा पर्दछन् ।
  • Sumatra, Java, Borneo टापुहरू इन्डोनेसिया  समूहमा पर्दछन् ।
  • प्रशान्त महासागर पत्ता लगाउने पहिलो ब्यक्ति स्पेनिस अनुसन्धानकर्ता भाष्को डि बाल्वोआ हुन ।
  • सवैभन्दा गहिरो महासागर प्रशान्त महासागर हो ।

आन्ध्र महासागर : 

  • यो दोस्रो ठूलो महासागर हो भने यो उत्तर अमेरिका र दक्षिण अमेरिकाको पूर्व तथा अफ्रिका र यूरोपको पश्चिममा पर्दछ । 
  • यसको उत्तरमा सुमेरु महासागर र दक्षिणमा कुमेरु महासागर पर्दछ । 
  • यो महासागर प्रत्येक वर्ष १ इन्चको दरले फैलिदै गएको छ । 
  • यो महासागर उत्तरी ध्रुवदेखि दक्षिण ध्रुवसम्म फैलिएको छ । 
  • यो महासागर प्रशान्त महासागरको आधा भाग हुन आउँछ । 
  • यो महासागरको सबैभन्दा गहिरो भाग पुर्टाेरिको द्धिप हो । यसको गहिराई ९,२०० मिटर रहेको छ । 
  • यो महासागरको गहिरो भाग पुर्टाेरिक द्धिप क्युवा र अमेरिकाको नजिक रहेको छ । 
  • यस महासागरमा मिसिने प्रमुख नदीहरुमा राइन, सेनेगल, नाइजर, कङ्गो, मिसिसिपी, अमेजन आदि पर्दछन् । 
  • यसलाई वाणिज्य महासागरको साथै व्यस्त महासागर समेत पनि भनिन्छ । 
  • रहस्यमय क्षेत्र बर्मुडा त्रिकोण यसै महासागरमा रहेको छ भने सन् १९१२ अप्रिल १४ मा टाइटनिक जहाज यसै महासागरमा दुर्घटना भएको थियो ।
  • आन्ध्र  महासागरको क्षेत्रफल १० करोड ६४ लाख बर्ग कि.मि. रहेको छ ।
  • तेस्रो गहिरो महासागर भनेर आन्ध्र  महासागरलाई चिनिन्छ ।
  • आन्ध्र  महासागरको सबैभन्दा गहिरो स्थान पुर्टोरिको द्वीप हो ।
  • आन्ध्र महासागरको सरदर गहिराई ३७०० मिटर रहेहो छ ।
  • आन्ध्र महासागर उत्तर र दक्षिण अमेरिकाको पूर्वी तथा यूरोप र अफ्रिकाको पश्चिमी भागमा रहेको छ । 
  • आन्ध्र महासागरलार्ई वाणिज्य महासागर नामले चिनिन्छ ।
  • उत्तरी ध्रुवीदेखि दक्षिणी ध्रुवसम्म फैलिएको महासागर आन्ध्र महासागर हो ।
  • आन्ध्र महासागरलाई Atlantic Ocean  भन्नुको करण," ग्रीकवासीका अनुसार पृथ्वीको अन्तिम बिन्दु, एटलस पर्वतसम्म यो महासागर फैलिएकोले ।"
  •  अंग्रेजी बर्णमालाको S आकारको महासागर भन्नाले आन्ध्र महासागरलाई बुझिन्छ ।
  • रहस्यमय बर्मुडा त्रिकोण आन्ध्र महासागर महासागरमा पर्छ ।
  • पृथ्वीको धरातल खुम्चिने र फैलिने क्रममा आन्ध्र महासागर बर्षेनी एक इन्चका दरले फैलिँदै गएको छ । 
  • सन् १९१२ मा टाइटानिक नामक जहाज आन्ध्र महासागरमा दुर्घटना भएको थियो । 
  • सवैभन्दा ब्यस्त महासागर भनेर आन्ध्र महासागरलाई चिनिन्छ ।
  • आन्ध्र महासागरको सबैभन्दा ठूलो टापू ग्रीनल्यान्ड हो ।
  • उत्तरी सागर, कृष्णसागर, बाल्टिक सागर, भू–मध्यसागर, क्यारेवियन सागर आन्ध्र महमासागरको छेउछाउ रहेका सागरहरू हुन् ।
  • अमेरिकालाई यूरोप, एशिया र अफ्रिकासंग छुट्याउने महासागर आन्ध्र महासागर हो ।

हिन्द महासागर : 

  • यो तेस्रो ठूलो महासागर हो । 
  • यो इण्डोनेसियाको नजिक रहेको छ । 
  • यसलाई तेलको महासागर र मनसुनी हावापानीको महासागर पनि भनिन्छ । 
  • नेपालबाट सबैभन्दा नजिकको महासागर समेत यही हो । यो महासागर नेपालबाट ११२७ किलोमिटर टाढा रहेको छ ।
  • एसिया, अफ्रिका र अष्ट्रेलियाको बीचमा रहेको विश्वको तेस्रो ठूलो महासागरको रूपमा रहेको यसले २,८३,५०,५०० वर्ग माइल अर्थात ७ करोड ३५ लाख वर्ग कि.मि. ओगटेको छ ।
  • यो महासागरीय क्षेत्रबाट मौसमी वायु चल्ने र त्यसको प्रभावले सो क्षेत्रमा पानी पर्ने हुँदा यसलाई मनसुनी महासागर पनि भनिन्छ ।
  • विश्व पेट्रोलियम उत्खननको ४० प्रतिशत यहाँबाट प्राप्त गरिने भएकाले यसलाई तेलको महासागर पनि भनिन्छ ।
  • यसले पृथ्वीको जलमण्डलको २०.५ प्रतिशत ओगटेको र औसत गहिराई ३९०० मिटर (१२८०० फिट) रहेको छ ।
  • यो महासागरको सबैभन्दा गहिरो भाग जाभा टेन्च हो जुन ७४५० मिटर रहेको छ ।
  • यस महासागरमा मिसिने प्रमुख नदीहरूमा गंगा, ब्रह्मपुत्र, मेकाङ्ग, मेनाम, सिन्ध, टिग्रिस, युफ्रेटस, इरावदी आदि छन् ।

कुमेरु महासागर (दक्षिण ध्रुबीय) : 

  • यो क्षेत्रफलको हिसाबले चौथो ठूलो महासागर हो ।
  • यो अन्टार्कटिका महादेशको चारैतिर दक्षिण ध्रुवको आसपासमा फैलिएको छ ।
  • यो दक्षिण ध्रुवको नजिक भएकोले यसलाई दक्षिण महासागरको नामले समेत चिनिन्छ ।
  • यसलाई चिसो पानीको महासागर नामले समेत चिनिन्छ । यो प्रशान्त महासागर र आन्ध्र महासागरसँग जोडिएको छ ।
  • कुमेरु महासागरको क्षेत्रफल २ करोड ०३ लाख २७ ब.कि.मि. रहेको छ ।
  • कुमेरु महासागर अन्टार्कटिका महादेशको चारैतिर दक्षिण ध्रुवको आसपास फैलिएको छ ।
  • दक्षिण ध्रुबीय महासागर भनेर कुमेरु महासागर लार्ई चिनिन्छ । 
  • कुमेरु महासागर  वृत्ताकार कुन आकारको छ । 
  • कुमेरु महासागर प्रशान्त तथा आन्ध्र महासागरसँग महासागरमा जोडिएको छ । 
  • कुमेरु महासागरको औषत गहिराई २,४०० मिटर रहेको छ ।
  • कुमेरु महासागरले पृथ्वीको कुल जलमण्डलको  ७ प्रतिशत प्रतिशत भाग ओगटेको छ ।

सुमेरु महासागर (उत्तरी ध्रुबीय) : 

  • यो महासागर सबैभन्दा सानो महासागर हो । 
  • यो महासागर उत्तर ध्रवको नजिक भएकोले यसलाई उत्तरी ध्रुबीय महासागर भनिन्छ । 
  • यो महासागरको पानी चिसो भएकोले यसलाई चिसो पानीको महासागर पनि भनिन्छ । 
  • यसको सबैभन्दा गहिरो भाग मोलो द्धीप हो । यसको गहिराई ५,६०८ मिटर रहेको छ । 
  • यो महासागरको आकार पनि कुमेरु महासागर जस्तै वृत्ताकार रहेको छ ।
  • पृथ्वीको दक्षिणी धु्रवीय क्षेत्र अन्टार्कटिका महादेशको वरिपरि फैलिएको यस महासागरको क्षेत्रफल २ करोड ४४ लाख वर्ग कि.मि. रहेको छ । कूल जलमण्डलको ७ प्रतिशत ओगटेको, दक्षिणी धु्रवीय महासागरको उपनामले चिनिने, औसत गहिराई २४०० मिटर (७९०० फिट) सँधै सतहमा हिउँ जमिरहने अत्यन्त चिसो र वृत्ताकार रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post