प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार

******परिच्छेद–६*****

**** प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार ****


***प्रहरी महानिरीक्षकको काम, कर्तव्य र अधिकार***


यस नियमावलीमा लेखिएका अन्य कुराहरुका अतिरिक्त प्रहरी महानिरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी प्रधान कार्यालय र सो मातहतका सबै प्रहरी कार्यालयहरूमा सामान्य नियन्त्रण, रेखदेख गर्ने र निर्देशन दिने ।

(ख) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायव महानिरीक्षकहरूको काम कारबाही उपर उचित रेखदेख तथा नियन्त्रण गर्ने ।

(ग) प्रहरी सङ्गठनको काम कारबाहीलाई प्रभावकारी बनाउन आदेशको शृङ्खलालाई प्रभावकारीरूपमा लागू गर्ने वा गराउने, मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण कायम गर्ने वा गराउने ।

(घ) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न आवश्यक नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने वा गराउने ।

(ङ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने वा गराउने ।

(च) प्रहरी सेवालाई समयानुकूल र जनमुखी बनाउन नीति एवं योजना तर्जुमा गरी लागू गर्ने वा गराउने ।

(छ) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने ।

(ज) सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैरकानूनी एवं गम्भीर आपराधिक क्रियाकलाप र असाधारण अवस्थाको राजनीतिक गतिविधि सम्बन्धी प्रतिवेदन यथाशिघ्र मन्त्रालयमा पठाउने ।

(झ) सुरक्षा प्रतिकूल, गैरकानूनी एवं आपराधिक क्रियाकलापको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक योजना तर्जुमा गरीे प्रभावकारीरूपमा लागू गर्ने वा गराउने ।

(ञ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारिता अभिवृद्धि गर्नका लागि आवश्यक नीति तथा योजना बनाई कार्यान्वयन गर्ने वा गराउने ।

(ट) प्रहरी कर्मचारीहरूको पीरमर्का व्यवस्थापनको उचित व्यवस्था गर्ने वा गराउने ।

(ठ) प्रहरी कर्मचारीहरूलाई आवश्यक पर्ने समयानुकूल प्रशिक्षणको व्यवस्था गर्ने ।

(ड) विपत् व्यवस्थापन र पीडितको उद्धार कार्यमा प्रहरीलाई तदारुकतासाथ संलग्न गराउने ।

(ढ) अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनसँग सम्पर्क तथा समन्वय कायम राख्ने ।

(ण) वर्षमा एक पटक प्रत्येक क्षेत्रभित्रका कम्तीमा तीन जिल्लाका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने र सोको प्रतिवेदन मन्त्रालयमा पठाउने ।

(त) देशको आन्तरिक शान्ति सुव्यवस्थासँग सम्बन्धित विषयमा नेपाल सरकारलाई राय सल्लाह दिने ।

(थ) नेपाल सरकारबाट प्राप्त निर्देशन अनुरूप कार्यसम्पादन गरी प्रतिवेदन पेश गर्ने ।

(द) अन्तर्राष्ट्रिय समुदायबाट शान्ति स्थापनार्थ नेपाल प्रहरीको माग भई आएमा नेपाल सरकारबाट स्वीकृति भए बमोजिम खटाउने व्यवस्था मिलाउने ।

(ध) सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको कार्यशाला, गोष्ठी, तालीम तथा अध्ययन आदिमा नेपाल प्रहरीको सहभागिताका लागि मन्त्रालयसमक्ष राय एवं सिफारिस पेश गर्ने ।

(न) प्रहरी प्रशासनको वार्षिक प्रतिवेदन मन्त्रालयमा पठाउने ।

(प) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।


***महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार***

प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो कार्य क्षेत्रभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने ।

(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरीअन्तर्गत प्रशिक्षण केन्द्र तथा गण, महानगरीय अपराध महाशाखा, प्रहरी परिसर, कारागार र वृत्तहरूको कम्तीमा वर्षको एकपटक र आवश्यकता अनुसार प्रभाग तथा अन्य प्रहरी कार्यालयहरूको निरीक्षण गरी आवश्यक निर्देशन दिनुका साथै निरीक्षण पुस्तिकामा जनाउने ।

(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने ।

(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने ।

(ङ) सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने, राख्न लगाउने ।

(च) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने ।

(छ) शान्ति सुव्यवस्था र सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्तिको निगरानी राख्न लगाउने, त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने ।

(ज) शान्ति सुव्यवस्था र सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे गराउने ।

(झ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारी, छिटो छरितो गराउने, अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने ।

(ञ) तालुक कार्यालयबाट लागू गरिएको नीति अनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने, मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने ।

(ट) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने ।

(ठ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने, साथै विपद्को बेला तत्परतासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने ।

(ड) ट्राफिक प्रहरीलाई समयानुकूल दक्ष बनाई ट्राफिक व्यवस्थापन र नियन्त्रणमा आवश्यक नीति तर्जुमा गरी लागू गर्ने ।

(ढ) प्रहरी प्रशिक्षणको गुणस्तर अभिवृद्धि र परिणाममुखी प्रशिक्षणका लागि उचित व्यवस्थापन तथा अनुगमन गर्ने र आवश्यक निर्देशन दिने ।

(ण) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण मिलाउने ।

(त) महानगर प्रहरीको क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गर्ने वा गराउने ।

(थ) स्थानीय प्रशासन, जिल्लास्थित सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने ।

(द) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग कम्तीमा वर्षमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने ।

(ध) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक र वार्षिकरूपमा प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पठाउने ।

(न) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने, प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।


***क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार***


प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो कार्य क्षेत्रभित्र क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने ।

(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, क्षेत्रस्थित प्रशिक्षण केन्द्र तथा गण, अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागारहरूको कम्तीमा वर्षको एक पटक र आवश्यकता अनुसार थाना र चौकीहरूको निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने ।

(ग) प्रहरी कर्मचारी, कार्यालय तथा प्रहरी काम कारबाहीको निरीक्षण तथा सुपरीवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने ।

(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने ।

(ङ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने, सङ्कलन गरिएका सूचना तथा विवरण अद्यावधिक राख्ने वा राख्न लगाउने ।

(च) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे वा गराउने ।

(छ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनि तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारी र छिटो छरितो गराउने साथै अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने ।

(ज) तालुक कार्यालयबाट लागू गरिएको नीतिअनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने साथै मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने ।

(झ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने ।

(ञ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने, विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने ।

(ट) ट्राफिक प्रहरीलाई समयानुकूल दक्ष बनाई ट्राफिक व्यवस्थापन र नियन्त्रणमा नीति तर्जुमा गरी लागू गर्ने वा गराउने ।

(ठ) प्रहरी प्रशिक्षणको गुणस्तर अभिवृद्धि र परिणाममुखी प्रशिक्षणका लागि उचित व्यवस्थापन तथा अनुगमन गर्ने र आवश्यक निर्देशन दिने ।

(ड) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने ।

(ढ) क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गर्ने वा गराउने ।

(ण) स्थानीय प्रशासन, जिल्लास्थित सरकारी तथा गैह सरकारी संघसंस्था तथा कार्यालय र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्ष अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने ।

(त) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग सालको एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदान प्रदान गर्ने ।

(थ) मानव अधिकारको संरक्षण, सम्बद्र्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने ।

(द) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिकरूपमा प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पठाउने ।

(ध) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।


***केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार***


प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची –१ बमोजिम सम्वन्धित प्रहरी कार्यालयवाट अनुसन्धान तहकिकात हुने अपराधहरु मध्ये जघन्य, संगठित, वा सार्वजनिक चासो वा बहुराष्ट्रिय प्रकृती वा मानव अधिकारको गम्भिर उल्लङ्घन वा आर्थिक, उच्च प्रविधियुक्त जघन्य एवं राष्ट्रिय हित वा सरोकारका दृष्टिले अति संवेदनशिल महशुस गरी राष्ट्रिय चिन्ता र चासो बन्ने प्रकृतिका अपराधहरूको सम्बन्धमा प्रहरी महानिरीक्षकले तोकिदिएका अपराधहरुको अनुसन्धान तहकिकात गर्ने ।

(ख) कुनै प्रहरी कार्यालयको अधिकारक्षेत्र भित्र पर्ने भए तापनी त्यस्तो अपराधको अनुसन्धान तहकिकात व्यूरोले गर्दा बढी प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान बिभागको प्रमुखको सिफारिसमा प्रहरी महानिरीक्षकबाट तोकिएका अपराधहरुको अनुसन्धान गर्ने ।

(ग) अपराध अनुसन्धान तहकिकातको निमित्त अन्य कार्यालयबाट आवश्यक सहयोगका लागि अनुरोध भई आएमा आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने ।

(घ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने र प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।


***मानव बेचविखन अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार***


(१) प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) मानव बेचबिखन अनुसन्धान तथा ओसारपसार सम्बन्धी कसूर हुन नदिन आवश्यक व्यवस्था मिलाउने ।

(ख) देहाय बमोजिमको मानब बेचबिखन सम्बन्धी कसूर तथा त्यस्तो कसू्रसँग सम्बद्ध भई आएका नेपाल प्रहरीले अनुसन्धान गर्ने अन्य फौजदारी कसूरको अनुसन्धान गर्ने वा गराउने:

  • मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी परेका कसूर । 
  • कसूरको प्रकृति सङ्गठित, गम्भीर वा जटिल भएको कारण मानव बेचबिखन अनुसन्धान व्युरोले अनुसन्धान गर्ने भनी प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसूर । 
  • मानव बेचबिखन अनुसन्धान व्युरोले अनुसन्धान गर्दा बढी प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसूर । 

(ग) मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरका पीडितको तत्काल उद्धार गरी आपतकालीन संरक्षण लगायत अन्य आवश्यक व्यवस्था मिलाउने ।

(घ) मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरको नियन्त्रण तथा सो को अनुसन्धान सम्बन्धी कार्यमा अन्य प्रहरी कार्यालयबाट भए गरेको कामको सुपरिवेक्षण, अनुगमन तथा समन्वय गर्ने ।

(ङ) मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरको केन्द्रीय अभिलेख व्यवस्थापन गर्ने वा गराउने ।

(च) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने ।

(छ) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका अन्य कार्यहरु गर्ने वा गराउने ।

(२) मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी परेका वा अनुसन्धानको लागि प्राप्त भएका कसूर सम्बन्धमा अनुसन्धान गर्दा अन्य प्रहरी कार्यालयबाट बाँकी अनुसन्धान कार्य पूरा हुन उपयुक्त देखेमा मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखले त्यस्ता मुद्दामा सङ्कलित प्रमाण र मिसिल समेत सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

(३) मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी मुद्दाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान कार्य पूरा गरी सरकारी वकील समक्ष अनुसन्धान प्रतिवेदन पेश गरेपछि सोको जानकारी मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई समेत दिनु पर्नेछ ।

(४) यस नियम बमोजिम अनुसन्धान तहकिकातको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रमुखले खटाएको प्रहरी कर्मचारीले प्रचलित कानून बमोजिम अनुसन्धान अधिकारीलाई भए सरहको अधिकार प्रयोग गरी नेपालभर काम गर्न सक्नेछ ।


***अञ्चल प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार***


क्षेत्रीय प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र अञ्चल प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने ।

(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न जिल्लास्तरीय प्रहरी कार्यालय, कारागारहरू र नगर तथा इलाका प्रहरी कार्यालयहरूको वर्षको कम्तीमा दुई पटक र प्रहरी चौकीहरूको आवश्यकता अनुसार निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने ।

(ग) प्रहरी कर्मचारी, कार्यालय तथा प्रहरी काम कारबाहीको निरीक्षण तथा सुपरीवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने ।

(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने ।

(ङ) शान्ति सुरक्षामा खलल पु¥याउने वा सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने साथै सङ्कलन गरिएका सूचना तथा विवरण व्यवस्थित गरी अद्यावधिक राख्ने राख्न लगाउने ।

(च) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे गराउने ।

(छ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारी र छिटो छरितो गराउने साथै अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने ।

(ज) तालुक कार्यालयबाट लागू गरिएको नीतिअनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने, साथै मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने ।

(झ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने ।

(ञ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने ।

(ट) ट्राफिक प्रहरीलाई समयानुकूल दक्ष बनाई ट्राफिक व्यवस्थापन र नियन्त्रणमा नीति तर्जुमा गरी लागू गर्ने ।

(ठ) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने ।

(ड) अञ्चलको कुनै क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गर्ने वा गराउने ।

(ढ) सीमावर्ती स्थानीय प्रशासन तथा प्रहरी कार्यालय, जिल्लाहरूको स्थानीय प्रशासन, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने वा गराउने ।

(ण) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्न गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने ।

(त) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिकरूपमा क्षेत्रीय प्रहरी कार्यालय प्रमुख समक्ष प्रतिवेदन पठाउने ।

(थ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।


***महानगरीय वा दङ्गा नियन्त्रण प्रहरी गण प्रमुखको काम, कर्तव्य र अधिकार***


प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय तथा क्षेत्रीय प्रहरी कार्यालयको प्रत्यक्ष रेखदेख, नियन्त्रण तथा निर्देशनमा रहने गरी दङ्गा नियन्त्रण प्रहरी गण प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने ।

(ख) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने ।

(ग) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने ।

(घ) प्रहरी कर्मचारी तथा कार्यालयको निरीक्षण तथा सुपरीवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने ।

(ङ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने ।

(च) असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रभावकारी ढङ्गबाट खटिन सक्ने गरी अतिरिक्त बलको रूपमा दङ्गा नियन्त्रण प्रहरीलाई तयारी हालत राख्न समय सापेक्ष प्रशिक्षणको व्यवस्था गर्ने र आधुनिक साधनयुक्त बनाई तयारी हालतमा राख्ने ।

(छ) हुलदङ्गा, साम्प्रदायिक दङ्गालगायत असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रहरी परिचालन गर्ने वा गराउने ।

(ज) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने ।

(झ) गण र मातहत गुल्म तथा जनशक्ति, योजना तथा कार्य, प्रशिक्षण विषयमाm आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिक रूपमा प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पठाउने,

(ञ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्नु गराउने र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने/गराउने ।


***महानगरीय प्रहरी परिसर प्रमुखको काम, कर्तव्य र अधिकार***


महानगरीय प्रहरी आयुक्त कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र महानगरीय प्रहरी परिसर प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने ।

(ख) परिसरको क्षेत्रभित्र आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्तिसुरक्षा सम्बन्धी अन्य काम गर्ने, गराउने ।

(ग) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न परिसर मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने ।

(घ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने ।

(ङ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने ।

(च) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे गराउने ।

(छ) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची - १ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनि तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी प्रभावकारी र छिटो छरितो गर्ने वा गराउने साथै अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने ।

(ज) अनुसन्धान तथा तहकिकात भएका मुद्दाहरूको विवरण सम्बन्धी अभिलेख राख्ने वा राख्न लगाउने ।

(झ) अदालत वा अन्य कार्यालयहरुबाट सम्पादन हुने अपराधको अनुसन्धान , तहकिकात, पूर्पक्ष सम्बन्धी कामको सिलसिलामा सम्बन्धित सरकारी वकिलसँग समन्वय गरी र कानूनले निर्धारण गरेको अन्य सरकारी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने ।

(ञ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने ।

(ट) शान्ति सुरक्षामा खलल पु¥याउने एवं सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने साथै सङ्कलन गरिएका सूचना तथा विवरण अद्यावधिक राख्‍ने, राख्‍न लगाउने र शान्ति सुरक्षा सम्बन्धी विषयमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने ।

(ठ) परिसरको क्षेत्रभित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्न वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकता अनुसार सार्वजनिक सूचना जारी गर्र्र्ने ।

(ड) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने ।

(ढ) तालुक कार्यालयबाट लागू गरिएको नीतिअनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने साथै मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने ।

(ण) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने ।

(त) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने ।

(थ) आफ्नो जिम्मेवारी क्षेत्रभित्र ट्राफिक व्यवस्थापन गर्ने वा गराउने ।

(द) प्रहरीको काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने ।

(ध) परिसरको कुनै क्षेत्रभित्र शान्तिसुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने ।

(न) स्थानीय प्रशासन, जिल्लास्थित सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने ।

(प) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने ।

(फ) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने ।

(ब) सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने ।

(भ) प्रमुख जिल्ला अधिकारीबाट वर्षको कम्तीमा एकपटक महानगरीय प्रहरी परिसरको निरीक्षण गराउने व्यवस्था मिलाउने साथै जिल्लाको शान्ति सुरक्षा कायम राख्ने कार्यमा निजले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन पेश गर्ने ।

(म) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलार्ई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी दिने :
  • अपराध सम्बन्धी अवस्था, 
  • आपराधिक कार्य गर्न दुरुत्साहन गर्ने व्यक्ति, 
  • अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति, 
  • खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेलाजम्मा हुने र संवेदनशील ठाउँ, 
  • राजनीतिक गतिविधि, 
  • प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय । 
(य) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक र वार्षिकरूपमा तालुक प्रहरी कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने ।

(र) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।


***जिल्ला प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार***


अञ्चल प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र जिल्ला प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने ।

(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न जिल्ला मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने ।

(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने ।

(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने ।

(ङ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने वा गर्न लगाउने ।

(च) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने ।

(छ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने साथै त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विबरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने ।

(ज) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे वा गराउने ।

(झ) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची—१ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी प्रभावकारी र छिटो छरितो गर्ने वा गराउने साथै सो गर्दा अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने, ।

(ञ) हिरासत व्यवस्थापन पक्षलाई प्रभावकारीरूपमा लागू गर्ने ।

(ट) अदालत वा अन्य कार्यालय सम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गराउने ।

(ठ) जिल्लाभित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्न वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकता अनुसार सार्वजनिक सूचना जारी गर्ने ।

(ड) तालुक कार्यालयबाट लागू गरिएको नीति अनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने ।

(ढ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने ।

(ण) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताका साथ उद्धार व्यवस्थापन गर्ने वा गराउने ।

(त) ट्राफिक व्यवस्थापन र नियन्त्रणमा नीति तर्जुमा गरी लागू गर्ने ।

(थ) प्रहरी काम कारबाहीका लागि मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने ।

(द) जिल्लाको कुनै क्षेत्रभित्र शान्तिसुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने ।

(ध) स्थानीय प्रशासन, जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने ।

(न) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने ।

(प) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदान प्रदान गर्ने ।

(फ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति तथा गतिविधिहरूको बारेमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने ।

(ब) प्रमुख जिल्ला अधिकारीबाट वर्षको कम्तीमा एकपटक निरीक्षण गराउने व्यवस्था मिलाउने साथै जिल्लाको शान्तिसुरक्षा कायम राख्ने कार्यमा निजले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने ।

(भ) सरुवा वा बढुवा भई जिल्ला छोड्दा अञ्चल प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलार्ई निम्न लिखित कुराहरू प्रतिवेदन र तयार गर्ने :
  • जिल्लाको अपराध सम्बन्धी अवस्था, 
  • जिल्लाको राजनीतिक गतिविधि, 
  • जिल्लाको खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेला जम्मा हुने र संवेदनशील ठाउँ, 
  • जिल्लाको प्रमुख जिल्ला अधिकारीसँगको सम्बन्ध, 
  • प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय । 
(म) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिकरूपमा अञ्चल प्रहरी कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने ।

(य) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।


***महानगरीय नगर प्रहरी वा नगर प्रहरीे कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार***


महानगरीय प्रहरी परिसर वा जिल्ला प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र महानगरीय नगर प्रहरी वा नगर प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने ।

(ख) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने ।

(ग) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने ।

(घ) आफ्नो कार्यालयमा रहेका हातहतियार गोली गठ्ठा, भीड नियन्त्रण र अन्य सरकारी मालसामानहरूको हिफाजत गर्ने र सरसफाइ गरी राख्ने ।

(ङ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने ।

(च) जिम्मेवारी क्षेत्रकोे शान्तिसुरक्षामा खलल पुग्ने स्थितिको मूल्याङ्कन तथा पूर्वानुमान गरी प्रभावकारी नियन्त्रण योजना तर्जुमा र कार्यान्वयन गर्ने ।

(छ) आफ्नो कार्यक्षेत्रभित्र आवश्यकता अनुसार गस्ती र पालो पहराको व्यवस्था गरी अपराध नियन्त्रण गर्ने र कुनै घटना घटेको जानकारी प्राप्त हुनासाथ स्वयम् त्यस ठाउँमा पुग्ने ।

(ज) सभा, जुलुस तथा अति विशिष्ट व्यक्ति वा विशिष्ट व्यक्तिको आवागमनको सुरक्षामा खटिने ।

(झ) जिम्मेवारी क्षेत्रको आपतकालीन सुरक्षा योजना तर्जुमा गरी आवश्यक तयारी र अभ्यास गर्ने वा गराउने ।

(ञ) असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा तत्काल प्रभावकारी ढङ्गबाट थप मद्दत खटिन सक्ने गरी तयारी हालत राख्ने ।

(ट) हुलदङ्गा, साम्प्रदायिक दङ्गा लगायत असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रहरी परिचालन गर्ने वा गराउने ।

(ठ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताका साथ उद्धार व्यवस्थापन गर्ने ।

(ड) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

(ढ) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने ।

(ण) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने ।

(त) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने ।


***महानगरीय प्रहरी वृत्त प्रमुखको काम, कर्तव्य र अधिकार***


महानगरीय प्रहरी परिसरको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र महानगरीय प्रहरी वृत्त प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछन् :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने र आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षा सम्बन्धी अन्य काम गर्ने वा गराउने ।

(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्र्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न वृत्त मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने ।

(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने ।

(घ) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने ।

(ङ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने वा गर्न लगाउने ।

(च) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने ।

(छ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउनुका साथै त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण व्यवस्थित गरी अद्यावधिक राख्ने व्यवस्था मिलाउने ।

(ज) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे वा गराउने ।

(झ) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची—१ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी सम्बन्धित सरकारी वकिलसँग समन्वय गरी प्रभावकारी र छिटो छरितो रुपमा सम्पन्न गर्ने ।

(ञ) हिरासत व्यवस्थापन पक्षलाई प्रभावकारी रूपमा लागू गर्ने ।

(ट) आफ्नो कार्यालयबाट अनुसन्धान तथा तहकिकात भएका मुद्दाहरूको विवरण सम्बन्धी अभिलेख राख्ने ।

(ठ) अदालत वा अन्य कार्यालयसम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने ।

(ड) वृत्तको क्षेत्रभित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्न वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकता अनुसार सार्वजनिक सूचना जारी गर्ने ।

(ढ) अति विशिष्ट तथा विशिष्ट व्यक्तिको आवश्यक सुरक्षा मिलाउन लगाउने साथै त्यस्ता व्यक्तिको सवारीमा सुरक्षाको आवश्यक प्रबन्ध गर्ने ।

(ण) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने,

(त) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्नुका साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने ।

(थ) आफ्नो जिम्मेवारी क्षेत्रभित्र ट्राफिक व्यवस्थापन गर्ने, प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण मिलाउने ।

(द) वृत्तको कुनै क्षेत्रभित्र शान्तिसुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने ।

(ध) जिम्मेवारी क्षेत्रभित्रका टोल टोलमा पुगी नागरिकसँग निरन्तर भेटघाट, छलफल र अन्तरक्रिया गरी सुरक्षासँग सम्बन्धित विषयमा राय सुझाव लिने, नागरिकसँग सौहार्दपूर्ण वातावरण कायम राख्ने, शान्तिसुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य अभिवृद्धि गर्ने ।

(न) आवश्यकता अनुसार स्थानीय प्रशासन, वृत्तको क्षेत्रभित्र रहेका सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा कार्यालयसँग आवश्यक सम्पर्क र समन्वय गर्ने ।

(प) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने र असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने ।

(फ) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने ।

(ब) शान्तिसुरक्षामा खलल पु¥याउने, सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधी तथा त्यस्ता व्यक्ति तथा गतिविधिहरूका बारेमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने ।

(भ) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलाई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी पेश गर्ने :
  • अपराध सम्बन्धी अवस्था, 
  • आपराधिक कार्य गर्न दुरुत्साहन गर्ने व्यक्ति, 
  • अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति, 
  • खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेला जम्मा हुने र संवेदनशील ठाउँ, 
  • राजनीतिक गतिविधि, 
  • प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय, 
(म) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक र वार्षिकरूपमा महानगरीय प्रहरी परिसर प्रमुखसमक्ष प्रतिवेदन पठाउने ।

(य) आफ्नो वृत्त क्षेत्रभित्रको शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रमुख जिल्ला अधिकारी र माथिल्लो प्रहरी कार्यालयले दिएको आदेश तदारुकताकासाथ कार्यान्वयन गरी प्रतिवेदन दिने,

(र) तालुक कार्यालयको निर्देशन र प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।


***महानगरीय प्रहरी प्रभाग प्रमुखको काम, कर्तव्य र अधिकार***


महानगरीय प्रहरी परिसर र वृत्तको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र महानगरीय प्रहरी प्रभाग प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने ।

(ख) आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षा सम्बन्धी अन्य काम गर्ने ।

(ग) पालोमा खटाइने प्रहरी कर्मचारीहरूको आवश्यक व्यवस्थापन गर्ने ।

(घ) थुनामा राख्नुपर्ने व्यक्तिलाई थुनामा राख्दा वा थुनाबाट बाहिर निकाल्दा यथासम्भव आफैंले वा आफ्नो अगाडि थुनामा राख्ने वा निकाल्ने ।

(ङ) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्ने, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्र्ने, कर्तव्यनिष्ठ बनाउने एवं मनोबल उच्च राख्ने कार्य गर्ने ।

(च) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने ।

(छ) प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने ।

(ज) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने ।

(झ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने ।

(ञ) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने ।

(ट) शान्तिसुरक्षा खलल पुर्‍याउने सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउने त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण व्यवस्थित रूपमा अद्यावधिक राख्ने साथै तालुक कार्यालयमा प्रतिवेदन गर्ने ।

(ठ) अदालत वा अन्य कार्यालयसम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने ।

(ड) अति विशिष्ट तथा विशिष्ट व्यक्तिको आवश्यक सुरक्षा व्यवस्था मिलाउने साथै त्यस्ता व्यक्तिको सवारीमा सुरक्षाको आवश्यक प्रबन्ध गर्ने ।

(ढ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने,

(ण) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार कार्य गर्ने ।

(त) आफ्नो जिम्मेवारी क्षेत्रभित्र ट्राफिक व्यवस्थापन गर्ने ।

(थ) प्रभागको कुनै क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने ।

(द) जिम्मेवारी क्षेत्रभित्रका टोल टोलमा पुगी नागरिकसँग निरन्तर भेटघाट, छलफल र अन्तक्रिया गरी सुरक्षासँग सम्बन्धित विषयमा राय सुझाव लिने, नागरिकसँग सौहार्दपूर्ण वातावरण कायम राख्ने, शान्ति सुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य अभिवृद्धि गर्ने ।

(ध) आवश्यकता अनुसार स्थानीय प्रशासन, प्रभागको क्षेत्रभित्र रहेका सरकारी तथा गैह्र सरकारी संघसंस्था तथा कार्यालयसँग आवश्यक सम्पर्क र समन्वय गर्ने ।

(न) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने र असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने ।

(प) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने ।

(फ) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलार्ई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी पेश गर्ने :
  • अपराधसम्बन्धी अवस्था, 
  • आपराधिक कार्य गर्न दुरुत्साहन गर्ने व्यक्तिहरू, 
  • अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति, 
  • खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेलाजम्मा हुने र संवेदनशील ठाउँ, 
  • राजनीतिक गतिविधि, 
  • प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय । 

(ब) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिक रूपमा तालुक कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने ।

(भ) प्रभागको क्षेत्रभित्रको शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रमुख जिल्ला अधिकारी र तालुक कार्यालयले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने ।

(म) तालुक कार्यालयको निर्देशन र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।


***ईलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार ***


जिल्ला प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र इलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने ।

(ख) आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षा सम्बन्धी अन्य काम गर्ने वा गराउने ।

(ग) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्र्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न कार्यालय मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने ।

(घ) सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने ।

(ङ) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने ।

(च) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने ।

(छ) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने ।

(ज) शान्ति सुरक्षामा खलल पु¥याउने, सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउने, त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने साथै प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने ।

(झ) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे गराउने ।

(ञ) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची - १ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी सम्बन्धित सरकारी वकिलसँग समन्वय गरी प्रभावकारी र छिटो छरितो रुपमा सम्पन्न गर्ने ।

(ट) आफ्नो कार्यालयबाट अनुसन्धान तथा तहकिकात भएका मुद्दाहरूको विवरण सम्बन्धी अभिलेख राख्ने, अदालत वा अन्य कार्यालय सम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post