अधिकांस नागरिक अध्यारोमा बस्न बाध्य

दैलेखका अधिकांस ग्रामिण भु–भागमा विद्युतको पहुँच पुग्न सकिरहेको छैन् । सरकाले लियको लक्ष्य अबको दुई बर्षमा ३ बर्ष पुग्दैछ । तर, अझै पनि दुई स्थानीयतह पुर्ण रुपमा र अन्य पालिकाका विभिन्न बस्तीहरुमा विद्युतीकरण हुन नसकेको हो । पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका र ठाटीकाँध गाउँपालिका पुर्ण रुपमा विद्युतको पहुँच बाहीर रहेका छन् भने अन्य स्थानीयतहमा पोलिङ् देखि लाइन विस्तारको काम प्राधिकरणले गर्दै छ । विद्युत विस्तारको काममा भने ढिलाई भएको स्थानीयको भनाई छ । अनुमानित करिब ३ लाख जनसँख्या रहेको दैलेखका अहिले सम्म जम्मा १३ दशमलव ३३ प्रतिशत नागरिक मात्र विद्युतको पहुँचमा छन् । ८६ दशमलव ६६ प्रतिशत नागरिकहरु सौर्यवत्ति र टुकीको भरमा छन् । विद्युत प्राधिकरण शाखा कार्यालय दैलेखले हाल सम्म जिल्लाभर करिब ८ हजार मात्र सेवाग्राही भएको बताएको छ । ठाटीकाँध र आठबीसमा विद्युत नहुँदा पालिकाको कार्यसम्पादन समेत सोलारबाट हुने गरेको छ । महावु, नौमुले, भगवती, डुङ्गेश्वर, गुराँस, भैरवी गाउँपालिका तथा नारायण र दुल्लू नगरपालिका विद्युतको राष्ट्रिय प्रसारणमा जोडिएकोे प्राधिकरणका सुपरभाइजर पूर्ण बहादुर खत्रीले बताउनुभयो । दैलेखका केही स्थानीय तहहरुले ग्रामीण विद्युतीकरणसँग मिलेर काम गर्नेगरी योजना बनाउपनि काममा ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post