जातिय विभेद गरी कुटपिट गरेको आरोपमा चारजना पक्राऊ

जिल्ला प्रहरी कार्यालय कालिकोटले जातिय विभेद गरी कुटपिट गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । शुभकालिका गाउँपालिका ८ निवासी पदम कामीको २२ वर्षीय छोरा पंख विकलाई जातीय विभेद गरी कुटपिट गर्ने स्थानीय चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा शुभकालिका गाउँपालिका ५ का २६ वर्षीया कमल शाही, २७ वर्षीय युवराज शाही, वडा नं. ६ का २२ वर्षीय अर्जुन शाही, वडा नं. ८ बस्ने १९ वर्षीय दिनेश सेजुवाल पक्राउ परेका हुन् । उनीहरु विरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्धा दर्ता गरी जिल्ला अदालत कालिकोटबाट १५ दिन म्याद थप गरिएको छ । घटनाको बारेमा विस्तृतरुपमा अनुसन्धान सुरु गरिएको डिएसपी ओलीयाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post