सशस्त्र प्रहरी बल नेपालमा भर्ना हुन के कस्ता शारीरिक तन्दुरस्ती भएको हुनुपर्छ ?

सशस्त्र प्रहरी बल, नेपाल

(Armed Police Force, Nepal)

वियरिङ्ग परिक्षा

(प्रारम्भीक स्वास्थय परीक्षामा)

के के भएमा छनोट गरिदैन् ।


के तपाई सशस्त्र प्रहरी बल, नेपालमा छनोट हुनका लागि के कस्ता शारीरिक तन्दुरस्ती भएको हुनुपर्छ र शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरुमा के - के हुन्छ र त्यस बापत कति कति अंक पाईन्छ भनेर सोच्दै हुनुहुन्छ ।  आज हामी यसै बिषयमा यो भिडियो तिएर आएका छौँ । तपाईलाई हाम्रो भिडियो मन परेमा हाम्रो Channel लाई Like, Share र Subscribe गर्न नभुल्नुहोला ।

प्रारम्भिक स्वास्थ्य परीक्षण परीक्षा (स.प्र.नि./स.प्र.स.नि./स.प्र.ज.) को हकमा

  • पुरुषको हकमा ५ फिट २ ईन्च भन्दा कम भएमा र महिलाको हकमा ५ फिट भन्दा कम भएमा छनोट गरिदैन ।
  • लुरे(उचाई अनुसार अत्याधिक दुब्लो) कम्तीमा पुरुष ५० के.जी. र महिला ४२ के.जी. भन्दा कमलाई 
  • हाट खुट्टा बाङ्गो-टिङ्गो र औँलाहरु ठिक नभएमा तथा धेरै चेप्टो पैताला (भालु पाईला) भएकोलाई 
  • सामान्यत प्रहरी कार्यका लागि असर पर्ने गरी कपाल झरेको, फुलेको वा रंगाएकोलाई 
  • प्रहरी कार्यलाई असर नपर्ने गरी धार्मिक, संस्कृतिक वा सामाजिक परम्पराको रुपमा खोपिएको ट्याटु बाहेक शरीरको बाहिर देखिने भागमा ट्याटु मार्क बनाएकोलाई 
  • अगाडीको दाँत नझरेको, झरेको भएपनि उपचार पश्चात प्रतिस्थापन गरेको, किरा लागेको दाँत भरेको वा उपचारयोग्य भएको बाहेक २ (दुई) वटा भन्दा बढी दाँत किराले खाएको वा झरेकोलाई 
  • कुनै एक आँखा चिम्लन नसक्ने र आँखा डेढो भएकोलाई 
  • घुंडा Knee Lock भएको अथवा (Rickets भई फाटिएको (K2/K2) भन्दा माथिको) 
  • शरीर पुरा झुकाउन नसक्ने र ढाड कुप्रो भएको 
  • जिउ कोल्टे परेको (बाङ्गो शरीर भएको) 
  • उचाई अनुसार हुनु पर्नै तौल भन्दा अत्याधिक बढी तौल (BMI) भएकोलाई 
  • शरीर मोटो तर हात खुट्टा झिनो देखिनेलाई 
  • अनुहारमा अस्वाभाविक दागहरु भएकोलाई 
  • अंगभंग/कुरुप र लठ्यौरो देखिनेलाई 
  • प्रष्ठ बोली नभएको(भकभके) 
  • उपचार नहुने दुबी भएकोलाई

शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरु

सशस्त्र प्रहरी प्ररिचरको हकमा


१) ३०० मि. दौड

पुरुषको लागि समयावधि र अंक

      • ५० सेकेण्ड वा सो भन्दा कम समय भित्र दौड सकेमा २० अंक
      • ५३ सेकेण्ड सम्म सकेमा १५ अंक
      • ५५ सेकेण्ड सम्म सकेमा १० अंक
      • ५५ सेकेण्ड वा सो भन्दा बढी लगाएमा अनुत्तीर्ण

      महिलाको लागि समयावधि र अंक

      • ६० सेकेण्ड वा सो भन्दा कम समय भित्र दौड सकेमा २५ अंक
      • ६२ सेकेण्ड सम्म सकेमा १८.७५ अंक
      • ६५ सेकेण्ड सम्म सकेमा १२.५ अंक
      • ६५ सेकेण्ड वा सो भन्दा बढी लगाएमा अनुत्तीर्ण

      २) ३.२ कि.मी. / (२ माईल) दौड दौड

      पुरुषको लागि समयावधि र अंक

      • १६ मिनेट वा सो भन्दा कम समयमा दौड पुरा गरेमा २० अंक
      • १७ मिनेट सम्म दौड पुरा गरेमा १५ अंक
      • १८ मिनेट सम्म दौड पुरा गरेमा १० अंक
      • १८ मिनेट भन्दा बढी दौड पुरा नगरेमा अनुत्तीर्ण

      महिलाको लागि समयावधि र अंक

      • २० मिनेट वा सो भन्दा कम समयमा दौड पुरा गरेमा २५ अंक
      • २१ मिनेट सम्म दौड पुरा गरेमा १८.७५ अंक
      • २२ मिनेट सम्म दौड पुरा गरेमा १२.५ अंक
      • २२ मिनेट भन्दा बढी दौड पुरा नगरेमा अनुत्तीर्ण

      ३) सिट अप 

      पुरुषको लागि समयावधि र अंक

      • २० वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई २० अंक
      • १५ पटक सम्म गर्न सक्नेलाई १५ अंक
      • १० पटक सम्म गर्न सक्नेलाई १० अंक
      • १० पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      महिलाको लागि समयावधि र अंक

      • ७ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई २५ अंक
      • ५ पटक सम्म गर्न सक्नेलाई १८.७५ अंक
      • ३ पटक सम्म गर्न सक्नेलाई १२.५ अंक
      • ३ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      ४) पुस अप 

      पुरुषको लागि समयावधि र अंक

      • २० वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई २० अंक
      • १५ पटक सम्म गर्न सक्नेलाई १५ अंक
      • १० पटक सम्म गर्न सक्नेलाई १० अंक
      • १० पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      महिलाको लागि समयावधि र अंक

      • ७ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई २५ अंक
      • ५ पटक सम्म गर्न सक्नेलाई १८.७५ अंक
      • ३ पटक सम्म गर्न सक्नेलाई १२.५ अंक
      • ३ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      ५) चिन अप / पुल अप 

      पुरुषको लागि समयावधि र अंक

      • ८ पटक सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई २० अंक
      • ६ पटक सम्म गर्न सक्नेलाई १५ अंक
      • ३ पटक सम्म गर्न सक्नेलाई १० अंक
      • ३ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      महिलाको लागि समयावधि र अंक

      • नपर्ने


      शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरु

      (स.प्र.स.नि. र स.प्र.ज.)को हकमा


      १) ३०० मि. दौड

      पुरुषको लागि समयावधि र अंक

      • ४५ सेकेण्ड वा सो भन्दा कम समय भित्र दौड सकेमा २० अंक
      • ४८ सेकेण्ड सम्म सकेमा १५ अंक
      • ५० सेकेण्ड सम्म सकेमा १० अंक
      • ५० सेकेण्ड वा सो भन्दा बढी लगाएमा अनुत्तीर्ण

      महिलाको लागि समयावधि र अंक

      • ५५ सेकेण्ड वा सो भन्दा कम समय भित्र दौड सकेमा २५ अंक
      • ५८ सेकेण्ड सम्म सकेमा १८.७५ अंक
      • ६० सेकेण्ड सम्म सकेमा १२.५ अंक
      • ६० सेकेण्ड वा सो भन्दा बढी लगाएमा अनुत्तीर्ण

      २) ३.२ कि.मी. / (२ माईल) दौड दौड

      पुरुषको लागि समयावधि र अंक

      • १४ मिनेट वा सो भन्दा कम समयमा दौड पुरा गरेमा २० अंक
      • १५ मिनेट सम्म दौड पुरा गरेमा १५ अंक
      • १६ मिनेट सम्म दौड पुरा गरेमा १० अंक
      • १६ मिनेट भन्दा बढी दौड पुरा नगरेमा अनुत्तीर्ण

      महिलाको लागि समयावधि र अंक

      • १८ मिनेट वा सो भन्दा कम समयमा दौड पुरा गरेमा २५ अंक
      • १९ मिनेट सम्म दौड पुरा गरेमा १८.७५ अंक
      • २० मिनेट सम्म दौड पुरा गरेमा १२.५ अंक
      • २० मिनेट भन्दा बढी दौड पुरा नगरेमा अनुत्तीर्ण

      ३) सिट अप 

      पुरुषको लागि समयावधि र अंक

      • २५ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई २० अंक
      • १० पटक सम्म गर्न सक्नेलाई १५ अंक
      • १५ पटक सम्म गर्न सक्नेलाई १० अंक
      • १५ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      महिलाको लागि समयावधि र अंक

      • ९ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई २५ अंक
      • ७ पटक सम्म गर्न सक्नेलाई १८.७५ अंक
      • ५ पटक सम्म गर्न सक्नेलाई १२.५ अंक
      • ५ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      ४) पुस अप 

      पुरुषको लागि समयावधि र अंक

      • २५ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई २० अंक
      • २० पटक सम्म गर्न सक्नेलाई १५ अंक
      • १५ पटक सम्म गर्न सक्नेलाई १० अंक
      • १५ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      महिलाको लागि समयावधि र अंक

      • ९ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई २५ अंक
      • ७ पटक सम्म गर्न सक्नेलाई १८.७५ अंक
      • ५ पटक सम्म गर्न सक्नेलाई १२.५ अंक
      • ५ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      ५) चिन अप / पुल अप 

      पुरुषको लागि समयावधि र अंक

      • १० पटक सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई २० अंक
      • ८ पटक सम्म गर्न सक्नेलाई १५ अंक
      • ५ पटक सम्म गर्न सक्नेलाई १० अंक
      • ५ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      महिलाको लागि समयावधि र अंक

      • नपर्ने

      शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरु (स.प्र.नि.)को हकमा


      १) ३०० मि. दौड

      पुरुषको लागि समयावधि

      • ५५ सेकेण्ड सम्म दौड सकेमा उत्तीर्ण
      • ५५ सेकेण्ड भन्दा बढी लगाएमा अनुत्तीर्ण

      महिलाको लागि समयावधि

      • ६५ सेकेण्ड सम्म दौड सकेमा उत्तीर्ण
      • ५५ सेकेण्ड भन्दा बढी लगाएमा अनुत्तीर्ण

      २) ३.२ कि.मी. / (२ माईल) दौड दौड

      पुरुषको लागि समयावधि

      • १८ मिनेट सम्ममा दौड पुरा गरेमा उत्तीर्ण
      • १८ मिनेट भन्दा बढी लगाएमा अनुत्तीर्ण

      महिलाको लागि समयावधि

      • २२ मिनेट सम्ममा दौड पुरा गरेमा उत्तीर्ण
      • २२ मिनेट भन्दा बढी लगाएमा अनुत्तीर्ण

      ३) सिट अप 

      पुरुषको लागि समयावधि

      • १० वटा सम्म गर्न सक्ने उत्तीर्ण
      • १० पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      महिलाको लागि समयावधि

      • ३ वटा सम्म गर्न सक्ने उत्तीर्ण
      • ३ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      ४) पुस अप 

      पुरुषको लागि समयावधि

      • १० वटा सम्म गर्न सक्ने उत्तीर्ण
      • १० पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      महिलाको लागि समयावधि

      • ३ वटा सम्म गर्न सक्ने उत्तीर्ण
      • ३ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      ५) चिन अप / पुल अप 

      पुरुषको लागि समयावधि

      • १० वटा सम्म गर्न सक्ने उत्तीर्ण
      • १० पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

      महिलाको लागि समयावधि

      • नपर्ने

      प्रतिक्रिया दिनुहोस्

      Previous Post Next Post