नेपाल प्रहरीमा भर्ना हुन के कस्ता शारीरिक तन्दुरस्ती भएको हुनुपर्छ ?

नेपाल प्रहरी (Nepal Police)

बेरिङ्ग चेक (प्रारम्भीक स्वास्थय परीक्षा) र र शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरुमा के के हुन्छन ।



के तपाई नेपाल प्रहरीमा छनोट हुनका लागि के कस्ता शारीरिक तन्दुरस्ती भएको हुनुपर्छ र शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरुमा के - के हुन्छ र त्यस बापत कति कति अंक पाईन्छ भनेर सोच्दै हुनुहुन्छ ।  आज हामी यसै बिषयमा यो भिडियो तिएर आएका छौँ । तपाईलाई हाम्रो भिडियो मन परेमा हाम्रो Channel लाई Like, Share र Subscribe गर्न नभुल्नुहोला ।


प्रारम्भिक स्वास्थ्य परीक्षण परीक्षा (प्रहरी निरिक्षक/प्रहरी सहायक निरिक्षक/प्रहरी जवान/प्रहरी कार्यालय सहयोगी)को हकमा

  • पुरुषको हकमा ५ फिट २ ईन्च भन्दा कम भएमा र महिलाको हकमा ५ फिट भन्दा कम भएमा छनोट गरिदैन ।
  • लुरे(उचाई अनुसार अत्याधिक दुब्लो) कम्तीमा पुरुष ५० के.जी. र महिला ४२ के.जी. भन्दा कमलाई 
  • हाट खुट्टा बाङ्गो-टिङ्गो र औँलाहरु ठिक नभएमा तथा धेरै चेप्टो पैताला (भालु पाईला) भएकोलाई 
  • सामान्यत प्रहरी कार्यका लागि असर पर्ने गरी कपाल झरेको, फुलेको वा रंगाएकोलाई 
  • प्रहरी कार्यलाई असर नपर्ने गरी धार्मिक, संस्कृतिक वा सामाजिक परम्पराको रुपमा खोपिएको ट्याटु बाहेक शरीरको बाहिर देखिने भागमा ट्याटु मार्क बनाएकोलाई 
  • अगाडीको दाँत नझरेको, झरेको भएपनि उपचार पश्चात प्रतिस्थापन गरेको, किरा लागेको दाँत भरेको वा उपचारयोग्य भएको बाहेक २ (दुई) वटा भन्दा बढी दाँत किराले खाएको वा झरेकोलाई 
  • कुनै एक आँखा चिम्लन नसक्ने र आँखा डेढो भएकोलाई 
  • घुंडा Knee Lock भएको अथवा (Rickets भई फाटिएको (K2/K2) भन्दा माथिको) 
  • शरीर पुरा झुकाउन नसक्ने र ढाड कुप्रो भएको 
  • जिउ कोल्टे परेको (बाङ्गो शरीर भएको) 
  • उचाई अनुसार हुनु पर्नै तौल भन्दा अत्याधिक बढी तौल (BMI) भएकोलाई 
  • शरीर मोटो तर हात खुट्टा झिनो देखिनेलाई 
  • अनुहारमा अस्वाभाविक दागहरु भएकोलाई 
  • अंगभंग/कुरुप र लठ्यौरो देखिनेलाई 
  • प्रष्ठ बोली नभएको(भकभके) 
  • उपचार नहुने दुबी भएकोलाई

शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरु

(प्रहरी कार्यालय सहयोगी)को हकमा

१) ३०० मि. दौड

पुरुषको लागि समयावधि र अंक

  • २९ सेकेण्ड वा सो भन्दा कम समय भित्र दौड सकेमा ५ अंक
  • ३० सेकेण्ड सम्म सकेमा ४.५ अंक
  • ३१ सेकेण्ड सम्म सकेमा ४ अंक
  • ३२ सेकेण्ड सम्म सकेमा ३.५ अंक
  • ३३ सेकेण्ड सम्म सकेमा ३ अंक
  • ३४ सेकेण्ड सम्म सकेमा २.५ अंक
  • ३५ सेकेण्ड सम्म सकेमा २ अंक
  • ३५ सेकेण्ड वा सो भन्दा बढी लगाएमा अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • ३६ सेकेण्ड वा सो भन्दा कम समय भित्र दौड सकेमा ५ अंक
  • ३७ सेकेण्ड सम्म सकेमा ४.५ अंक
  • ३८ सेकेण्ड सम्म सकेमा ४ अंक
  • ३९ सेकेण्ड सम्म सकेमा ३.५ अंक
  • ४० सेकेण्ड सम्म सकेमा ३ अंक
  • ४१ सेकेण्ड सम्म सकेमा २.५ अंक
  • ४२ सेकेण्ड सम्म सकेमा २ अंक
  • ४२ सेकेण्ड वा सो भन्दा बढी लगाएमा अनुत्तीर्ण

२) सिट अप 

पुरुषको लागि समयावधि र अंक

  • १५ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • १२ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • १० पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • ८ पटक सम्म गर्न सक्नेलाई २ अंक
  • ८ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • १० वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • ८ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • ६ पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • ४ पटक सम्म गर्न सक्नेलाई २ अंक
  • ४ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

३) पुस अप 

पुरुषको लागि समयावधि र अंक

  • १५ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • १२ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • १० पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • ८ पटक सम्म गर्न सक्नेलाई २ अंक
  • ८ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • १० वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • ८ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • ६ पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • ४ पटक सम्म गर्न सक्नेलाई २ अंक
  • ४ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

४) चिन अप / पुल अप 

पुरुषको लागि समयावधि र अंक

  • ८ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • ६ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • ५ पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • २ पटक सम्म गर्न सक्नेलाई २ अंक
  • २ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • ३ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • २ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • १ पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • ३० सेकेण्ड सम्म झूण्डिन सक्नेलाई २ अंक
  • ३० सेकेण्ड सम्म झूण्डिन नसक्ने अनुत्तीर्ण

५) २ कि.मी. दौड 

पुरुषको लागि समयावधि र अंक

  • १४ मिनेट वा सो भन्दा कम समयमा दौड पुरा गरेमा ३० अंक
  • १५ मिनेट सम्म दौड पुरा गरेमा २६ अंक
  • १६ मिनेट सम्म दौड पुरा गरेमा २० अंक
  • १७ मिनेट सम्म दौड पुरा गरेमा १६ अंक
  • १८ मिनेट सम्म दौड पुरा गरेमा १२ अंक
  • १८ मिनेट भन्दा बढी दौड पुरा नगरेमा अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • १८ मिनेट वा सो भन्दा कम समयमा दौड पुरा गरेमा ३० अंक
  • १९ मिनेट सम्म दौड पुरा गरेमा २६ अंक
  • २० मिनेट सम्म दौड पुरा गरेमा २० अंक
  • २१ मिनेट सम्म दौड पुरा गरेमा १६ अंक
  • २२ मिनेट सम्म दौड पुरा गरेमा १२ अंक
  • २२ मिनेट भन्दा बढी दौड पुरा नगरेमा अनुत्तीर्ण

६) शारीरिक सुगठन 

१) उचाई तौल अनुपात (BMI) तथा शारीरिक सुगठन/व्यक्तित्वको आधारमा अंक प्रदान हुने ।
२) अंक प्रदान गर्दा पूर्णाङक ५ को बढिमा ९०% (४.५ अंक) तथा कम्तीमा ४०% ( २ अंक) प्रदान गर्न सकिनेछ ।
३) यस महलमा अंक प।रदान बोर्ड अध्यक्ष वा निजले तोकेको निजको प्रतिनिधी सदस्यले अन्य परीक्षा लिन सहभागी सदस्यहरुको परामर्शमा प्रदान गर्नेछन् ।

शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरु

(प्रहरी जवान)को हकमा

१) ३०० मि. दौड

पुरुषको लागि समयावधि र अंक

  • ४५ सेकेण्ड वा सो भन्दा कम समय भित्र दौड सकेमा २० अंक
  • ४७ सेकेण्ड सम्म सकेमा १८ अंक
  • ४९ सेकेण्ड सम्म सकेमा १६ अंक
  • ५१ सेकेण्ड सम्म सकेमा १४ अंक
  • ५३ सेकेण्ड सम्म सकेमा १२ अंक
  • ५४ सेकेण्ड सम्म सकेमा १० अंक
  • ५६ सेकेण्ड सम्म सकेमा ८ अंक
  • ५६ सेकेण्ड वा सो भन्दा बढी लगाएमा अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • ५५ सेकेण्ड वा सो भन्दा कम समय भित्र दौड सकेमा २० अंक
  • ५७ सेकेण्ड सम्म सकेमा १८ अंक
  • ५९ सेकेण्ड सम्म सकेमा १६ अंक
  • ६१ सेकेण्ड सम्म सकेमा १४ अंक
  • ६३ सेकेण्ड सम्म सकेमा १२ अंक
  • ६५ सेकेण्ड सम्म सकेमा १० अंक
  • ६७ सेकेण्ड सम्म सकेमा ८ अंक
  • ६७ सेकेण्ड वा सो भन्दा बढी लगाएमा अनुत्तीर्ण

२) लङ जम्प ‍

पुरुषको लागि समयावधि र अंक

  • १५ फिट सम्म वा सो भन्दा लामो हान्नेलाई १० अंक
  • १४ फिट सम्म हान्नेलाई ८.५ अंक
  • १३ फिट सम्म हान्नेलाई ७ अंक
  • १२ फिट सम्म हान्नेलाई ५.५ अंक
  • ११ फिट सम्म हान्नेलाई ४ अंक
  • ११ फिट सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • १२ फिट सम्म वा सो भन्दा लामो हान्नेलाई १० अंक
  • ११ फिट सम्म हान्नेलाई ८.५ अंक
  • १० फिट सम्म हान्नेलाई ७ अंक
  • ९ फिट सम्म हान्नेलाई ५.५ अंक
  • ८ फिट सम्म हान्नेलाई ४ अंक
  • ८ फिट सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

३) हाई जम्प 

पुरुषको लागि समयावधि र अंक

  • ४.५ फिट सम्म हान्न सक्नेलाई १० अंक
  • ४ फिट सम्म हान्न सक्नेलाई ८ अंक
  • ३.५ फिट सम्म हान्न सक्नेलाई ६ अंक
  • ३ फिट सम्म हान्न सक्नेलाई ४ अंक
  • ३ फिट सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • ३.५ फिट सम्म हान्न सक्नेलाई १० अंक
  • ३ फिट सम्म हान्न सक्नेलाई ८ अंक
  • २.५ फिट सम्म हान्न सक्नेलाई ६ अंक
  • २ फिट सम्म हान्न सक्नेलाई ४ अंक
  • २ फिट सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

४) सिट अप 

पुरुषको लागि समयावधि र अंक

  • २० वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई १० अंक
  • १८ पटक सम्म गर्न सक्नेलाई ८ अंक
  • १५ पटक सम्म गर्न सक्नेलाई ६ अंक
  • १२ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • १२ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • १५ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई १० अंक
  • ११ पटक सम्म गर्न सक्नेलाई ८ अंक
  • ८ पटक सम्म गर्न सक्नेलाई ६ अंक
  • ५ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • ५ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

५) पुस अप 

पुरुषको लागि समयावधि र अंक

  • २० वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई १० अंक
  • १७ पटक सम्म गर्न सक्नेलाई ८ अंक
  • १४ पटक सम्म गर्न सक्नेलाई ६ अंक
  • १० पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • १० पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • १४ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई १० अंक
  • ११ पटक सम्म गर्न सक्नेलाई ८ अंक
  • ८ पटक सम्म गर्न सक्नेलाई ६ अंक
  • ४ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • ४ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

६) चिन अप / पुल अप 

पुरुषको लागि समयावधि र अंक

  • १२ पटक सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई १० अंक
  • १० पटक सम्म गर्न सक्नेलाई ८ अंक
  • ८ पटक सम्म गर्न सक्नेलाई ६ अंक
  • ५ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • ५ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • ३ पटक सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई १० अंक
  • २ पटक सम्म गर्न सक्नेलाई ८ अंक
  • १ पटक सम्म गर्न सक्नेलाई ६ अंक
  • ३० सेकेन्ड सम्म झुण्डिन सक्नेलाई ४ अंक (प्राविधिक प्रहरी जवानको हकमा चाही १ मिनेट सम्म झुण्डिन सक्नेलाई)
  • ३० सेकेन्ड सम्म झुण्डिन नसक्ने (प्राविधिक प्रहरी जवानको हकमा १ मिनेट सम्म झुण्डिन नसक्ने) अनुत्तीर्ण

७) ३.२ कि.मी. / (२ माईल) दौड 

पुरुषको लागि समयावधि र अंक

  • १४ मिनेट वा सो भन्दा कम समयमा दौड पुरा गरेमा ३० अंक
  • १५ मिनेट सम्म दौड पुरा गरेमा २६ अंक
  • १६ मिनेट सम्म दौड पुरा गरेमा २० अंक
  • १७ मिनेट सम्म दौड पुरा गरेमा १६ अंक
  • १८ मिनेट सम्म दौड पुरा गरेमा १२ अंक
  • १८ मिनेट भन्दा बढी दौड पुरा नगरेमा अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • १८ मिनेट वा सो भन्दा कम समयमा दौड पुरा गरेमा ३० अंक
  • १९ मिनेट सम्म दौड पुरा गरेमा २६ अंक
  • २० मिनेट सम्म दौड पुरा गरेमा २० अंक
  • २१ मिनेट सम्म दौड पुरा गरेमा १६ अंक
  • २२ मिनेट सम्म दौड पुरा गरेमा १२ अंक
  • २२ मिनेट भन्दा बढी दौड पुरा नगरेमा अनुत्तीर्ण

शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरु 

(प्र.नि. र प्र.स.नि.) को हकमा


१) ३०० मि. दौड 

पुरुषको लागि समयावधि र अंक

  • ४५ सेकेण्ड वा सो भन्दा कम समय भित्र दौड सकेमा १० अंक
  • ४७ सेकेण्ड सम्म सकेमा ९ अंक
  • ४९ सेकेण्ड सम्म सकेमा ८ अंक
  • ५१ सेकेण्ड सम्म सकेमा ७ अंक
  • ५३ सेकेण्ड सम्म सकेमा ६ अंक
  • ५४ सेकेण्ड सम्म सकेमा ५ अंक
  • ५६ सेकेण्ड सम्म सकेमा ४ अंक
  • ५६ सेकेण्ड वा सो भन्दा बढी लगाएमा अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • ५५ सेकेण्ड वा सो भन्दा कम समय भित्र दौड सकेमा १० अंक
  • ५७ सेकेण्ड सम्म सकेमा ९ अंक
  • ५९ सेकेण्ड सम्म सकेमा ८ अंक
  • ६१ सेकेण्ड सम्म सकेमा ७ अंक
  • ६३ सेकेण्ड सम्म सकेमा ६ अंक
  • ६५ सेकेण्ड सम्म सकेमा ५ अंक
  • ६७ सेकेण्ड सम्म सकेमा ४ अंक
  • ६७ सेकेण्ड वा सो भन्दा बढी लगाएमा अनुत्तीर्ण

२) हाई जम्प 

पुरुषको लागि समयावधि र अंक

  • ४.५ फिट सम्म हान्न सक्नेलाई ५ अंक
  • ४ फिट सम्म हान्न सक्नेलाई ४ अंक
  • ३.५ फिट सम्म हान्न सक्नेलाई ३ अंक
  • ३ फिट सम्म हान्न सक्नेलाई २ अंक
  • ३ फिट सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • ४.५ फिट सम्म हान्न सक्नेलाई ५ अंक
  • ४ फिट सम्म हान्न सक्नेलाई ४ अंक
  • ३.५ फिट सम्म हान्न सक्नेलाई ३ अंक
  • ३ फिट सम्म हान्न सक्नेलाई २ अंक
  • ३ फिट सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

३) सिट अप 

पुरुषको लागि समयावधि र अंक

  • २० वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • १८ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • १५ पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • १२ पटक सम्म गर्न सक्नेलाई २ अंक
  • १२ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • १५ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • ११ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • ८ पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • ५ पटक सम्म गर्न सक्नेलाई २ अंक
  • ५ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

४) पुस अप 

पुरुषको लागि समयावधि र अंक

  • २० वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • १७ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • १४ पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • १० पटक सम्म गर्न सक्नेलाई २ अंक
  • १० पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • १४ वटा सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • ११ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • ८ पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • ४ पटक सम्म गर्न सक्नेलाई २ अंक
  • ४ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

५) चिन अप / पुल अप 

पुरुषको लागि समयावधि र अंक

  • १२ पटक सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • १० पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • ८ पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • ५ पटक सम्म गर्न सक्नेलाई २ अंक
  • ५ पटक सम्म पनि गर्न नसक्ने अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • ३ पटक सम्म वा सो भन्दा माथि गर्न सक्नेलाई ५ अंक
  • २ पटक सम्म गर्न सक्नेलाई ४ अंक
  • १ पटक सम्म गर्न सक्नेलाई ३ अंक
  • ३० सेकेन्ड सम्म झुण्डिन सक्नेलाई २ अंक
  • ३० सेकेन्ड सम्म झुण्डिन नसक्ने अनुत्तीर्ण

६) ३.२ कि.मी. / (२ माईल) दौड 

पुरुषको लागि समयावधि र अंक

  • १४ मिनेट वा सो भन्दा कम समयमा दौड पुरा गरेमा २० अंक
  • १५ मिनेट सम्म दौड पुरा गरेमा १६ अंक
  • १६ मिनेट सम्म दौड पुरा गरेमा १२ अंक
  • १७ मिनेट सम्म दौड पुरा गरेमा १० अंक
  • १८ मिनेट सम्म दौड पुरा गरेमा ८ अंक
  • १८ मिनेट भन्दा बढी दौड पुरा नगरेमा अनुत्तीर्ण

महिलाको लागि समयावधि र अंक

  • १८ मिनेट वा सो भन्दा कम समयमा दौड पुरा गरेमा २० अंक
  • १९ मिनेट सम्म दौड पुरा गरेमा १६ अंक
  • २० मिनेट सम्म दौड पुरा गरेमा १२ अंक
  • २१ मिनेट सम्म दौड पुरा गरेमा १० अंक
  • २२ मिनेट सम्म दौड पुरा गरेमा ८ अंक
  • २२ मिनेट भन्दा बढी दौड पुरा नगरेमा अनुत्तीर्ण

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post