नेपली सेनामा भर्ना हुन के कस्ता शारीरिक तन्दुरस्ती भएको हुनुपर्छ ?

नेपाली सेना (Nepal Army)

वियरिङ्ग परिक्षा (प्रारम्भीक स्वास्थय परीक्षामा) के के भएमा छनोट गरिदैन् ।


के तपाई नेपला आर्मी (नेपाली सेना)मा छनोट हुनका लागि के कस्ता शारीरिक तन्दुरस्ती भएको हुनुपर्छ र शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरुमा के - के हुन्छ र त्यस बापत कति कति अंक पाईन्छ भनेर सोच्दै हुनुहुन्छ ।  आज हामी यसै बिषयमा यो भिडियो तिएर आएका छौँ । तपाईलाई हाम्रो भिडियो मन परेमा हाम्रो Channel लाई Like, Share र Subscribe गर्न नभुल्नुहोला ।

वियरिङ्ग परीक्षा

  • पुरुष उम्मेदवारको उचाई ५ फिट ३ ईन्च, वजन ५० के.जी.(११० पौण्ड) र छाती नफुलाउंदा ३२ ईन्च फुलाउंदा ३४ ईन्च हुन पर्ने ।
  • महिला उम्मेदवारको उचाई अधिकृत क्याडेटको लागि ५ फिट र प्राविधिक अधिकृत/अरुदर्जा को लागि ४ फिट १० ईन्च, बजन ४० के.जी.(८८ पोण्ड) हनु पर्ने ।

शारीरिक बतावटको जांच; यसमा हेरिने बुदांहरू:

(क) अंगभंग नभएको,
(ख) कुरूप नदेखिने,
(ग) हात खुट्टा बाङ्गो टिङ्गो नभएको र औलाहरू ठीक भएको,
(घ) घुँडा नजोडिने (Knee Lock),
(ङ) हात खुट्टामा मुसा नभएको,
(च) धेरै चेप्टो पैताला नभएको,
(छ) प्रष्ट बोली भएको,
(ज) भकभकाउने र लठ्यौरो नहुने,
(झ) दांत नझरेको,
(ञ) ढाड कृप्रो नभएको,
(ट) शरीर पूरा झुकाउन सके,
(ठ) जिउ कोल्टे नपरेको,
(ड) दुवी नभएको,
(ढ) कपाल नझरेको,
(ण) कपाल नफुलेको र नरंगाएको,
(त) आँखा डेढो नभएको,
(थ) वायां आँखा चिम्लन सक्ने,
(द) ज्यादै छिप्पएको नदेखिने,
(ध) लुरे नदेखिने,
(न) उचाई अनुसार हनु पर्ने तौल भन्दा बढी तौल नभएको,
(प) शरीर मोटो तर हात खुट्टा झिनो नदेखिने,
(फ) शरीरमा ट्याटु मार्क नबनाएको,
(ब) अनुहारमा अस्वाभाविक दागहरू नभएको ।

शारीरिक परीक्षा

अधिकृत क्याडेट

(क) पुरुषहरूको लागि

(१) सिटअप १५ पटक,
(२) पुसअप १० पक,
(३) चिनअप ३ पटक,
(४) ३०० मिटर दौड ७० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(५) २ माईल दौड १७ मिनेटमा पूरा गर्नु पर्नेछ ।

(ख) महिलाहरूको लागि

१) सिटअप ८ पटक,
(२) पुसअप ५ पटक,
(३) ३०० मिटर दौड ७० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(४) १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्नेछ ।

प्राविधिक अधिकृत (खुला) प्रतिस्पर्धा

(क) पुरुषहरूको लागि

१) सिटअप १० पटक,
(२) पुसअप १० पटक,
(३) चिनअप २ पटक,
(४ ३०० मिटर दौड ७० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(५) १ माईल दौड ९ मिनेटमा पूरा गर्नु पर्नेछ ।

(ख) महिलाहरूको लागि

१) सिटअप ८ पटक,
(२) पुसअप ५ पटक,
(३) ३०० मिटर दौड ८० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(४) १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्नेछ ।

अमल्दार कर्मचारी

(क) पुरुषहरूको लागि

(१) सिटअप १० पटक,
(२) पुसअप १० पटक,
(३) चिनअप ३ पटक,
(४) ३०० मिटर दौड ६० सेकेण्डमा पूरा गर्न पर्नेछ र
(४) २ माईल दौड १४ मिनेटमा पूरा गर्नु पर्नेछ ।

(ख) महिलाहरूको लागि

१) सिटअप ८ पटक,
(२) पुसअप ५ पटक,
(३) ३०० मिटर दौड ७० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(४) १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्नेछ ।

प्राविधिक (सुवेदार / जमदार /हुद्दा/ अमल्दार) खुला प्रतिस्पर्धा

(क) पुरुषहरूको लागि

१) सिटअप १० पटक,
(२) पुसअप १० पटक,
(३) चिनअप २ पटक,
(४) ३०० मिटर दौड ७० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(५) १ माईल दौड ९ मिनेटमा पूरा गर्नु पर्नेछ ।

(ख) महिलाहरूको लागि

१) सिटअप ८ पटक,
(२) पुसअप ५ पटक,
(३) ३०० मिटर दौड ८० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(४) १ माईल दौड ११ मिनेटमा पूरा गर्तु पर्नेछ ।

सैन्य

(क) पुरुषहरूको लागि

१) सिटअप १५ पटक,
(२) पुसअप १० पटक,
(३) चिनअप ५ पटक,
(४) ३०० मिटर दौड ४१ सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(५) २ माईल दौड १४ मिनेटमा पूरा गर्नु पर्नेछ ।

(ख) महिलाहरूको लागि

१) सिटअप ८ पटक,
(२) पुसअप ५ पटक,
(३) ३०० मिटर दौड ६५ सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(४) १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्नेछ ।

फाल्वर्स

(क) पुरुषहरूको लागि

१) सिटअप १० पटक,
(२) पुसअप १० पटक,
(३) चिनअप ३ पटक,
(४) ३०० मिटर दौड ६० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(४) २ माईल दौड १७ मिनेटमा पूरा गर्नु पर्नेछ ।

(ख) महिलाहरूको लागि

१) सिटअप ८ पटक,
(२) पुसअप ५ पटक,
(३) ३०० मिटर दौड ७० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(४) १ माईल दौड ११ मिनेटमा पूरा गर्तु पर्नेछ ।

अधिकृत क्याडेट (आन्तरिक) प्रतिस्पर्धा

(क) ४० वर्ष माथीको लागि

१) सिटअप १० पटक,
(२) पुसअप १० पटक,
(३) चिनअप २ पटक,
(४) खालीहात २ माईल दौड १८ मिनेटमा पूरा गर्नु पर्नेछ ।

(ख) ४० वर्ष मुनीको लागि

१) सिटअप १० पटक,
(२१) पुसअप १० पटक,
(३) चिनअप ३ पटक,
(४) व्याटल अर्डरमा २ माईल दौड १८ मिनेटमा पूरा गर्नु पर्नेछ ।

प्राविधिक अधिकृत (आन्तरिक) प्रतिस्पर्धा

(क) पुरुषहरूको लागि

१) सिटअप १० पटक,
(२) पुसअप १० पटक,
(३) चिनअप २ पटक,
(४) २ माईल दौड २२ मिनेट (४० वर्ष माथी) र १८ मिनेट (४० वर्ष मुनी) मा पूरा गर्नु पर्नेछ

महिलाहरूको लागि

१) सिटअप ८ पटक,
(२) पुसअप ५ पटक,
(३) १ माईल दौड ११ मिनेटमा पूरा गर्तु पर्नेछ ।

सहायक पण्डित हुहा

(क) सिटअप १० पटक,
(ख) पुसअप १० पटक,
(ग) चिनअप २ पटक,
(घ) ३०० मिटर दौड ६० सेकेण्डमा पूरा गर्न पर्नेछ र
(ङ) २ माईल दौड १७ मिनेटमा पूरा गर्नु पर्नेछ ।

प्याराफोल्डर

(क) सिटअप १० पटक,
(ख) पुसअप १० पटक,
(ग) २०० मिटर दौड ८० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(घ) १ माईल दौड ११ मिनेटमा पूरा गर्नु पर्तेछ ।

साधारण पिपा तथा पिपा गोश्वरा कार्यालयका पिपाहरू

(क) पुरुषहरूको लागि

(१) ५० के.जी.को बोरा बोकाई ३० पटक उठबस गर्नु पर्नेछ ।
(२) ३०० मिटर दौड ६० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(३) २ माईल दौड १६ मिनेटमा पूरा गर्नु पर्नेछ ।

(ख) महिलाहरूको लागि

१) सिटअप ४ पटक,
(२) पुसअप ५ पटक,
(३) ३०० मिटर दौड ७० सेकेण्डमा पूरा गर्नु पर्नेछ र
(४) १ माईल दौड ११ मिनेटमा पूरा गर्तु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post