वैज्ञानिकहरुले पानीबाट बनाए सुन !

प्राचीन कालदेखि नै धातुहरु तथा रसायनहरुको मिश्रणबाट सुन बनाउने धेरै प्रयासहरु भएका छन् । विभिन्न अन्य धातुबाट सुन बनाउने यस्तो विधिलाई अल्केमी अर्थात् रस विधा भनिन्छ । वैज्ञानिकहरुले अन्ततः यो विधामा पहिलो सफलता प्राप्त गरेका छन् । वैज्ञानिकहरुले पानीबाटै पहिलोपटक सुन बनाऊन सफल भएका छन् ।


चेक गणतन्त्रको राजधानी प्रागस्थित चेक एकेडेमी अफ साइन्सेसका भौतिक रसायनविद‌्हरुले क्षारीय धातुको सहयोगमा यसरी पानीलाई सुनौलो चम्किलो धातुमा बदलेका हुन् ।क्षारीय धातु भनेको सोडियम पोटासियम जस्ता प्रतिक्रियाशील तत्वहरुको समूह हो । पानीको सम्पर्कमा आउँदा यस्ता क्षारीय धातु विस्फोटक बन्दछन् । त्यसैले यस्तो प्रयोग तयार गरियो जसबाट यस्ता क्षारीय धातु र पानीबीचको प्रतिक्रिया सुस्त भएर विस्फोट नहोस् । त्यसक्रममा एक सिरिन्जमा पोटासियम र सोडिएम भरियो, जुन सामान्य तापक्रममा तरल हुन्छ । त्यसलाई भ्याकुम च्याम्बरमा राखियो ।एक सिरिन्जको माध्यमबाट शोधकर्ताहरुले मिश्रणको हरेक थोपामा पानीको वाफ मिलाए । जसमा एक माइक्रोमिटरको पनि दशौँ हिस्सा बराबरको निकै पातलो पत्र तयार भयो । उक्त पत्रमा इलेक्ट्रोन तिव्र रुपमा धातुजन्य आयनसँग पानीमा घुल्यो ।केही सेकेण्डमै उक्त पत्र सुनजस्तै चम्किलो धातुको फोकामा परिणत भयो । यद्यपि पानीबाट सुन बनेको त्यो दृश्य केही सेकेण्डका लागि मात्र रह्यो । तथापि यसलाई शोधकर्ताहरुले ठूलो उपलब्ध मानेका छन् । उक्त प्रयोगमा उच्च दबाबको आवश्यकता नै परेन ।वैज्ञानिकहरुका अनुसार अधिकांस पदार्थहरु अति उच्च चाँपमा धातुमा परिणत हुन्छन् । धातुको अणु अर्थात् मोलिक्यूल यतिधेरै नजिक आउँछन् कि बाहिरी इलेक्ट्रोन नै प्रतिक्रियामा सहभागी हुन्छन् र त्यो पदार्थ आम धातुजन्य विद्युतको सूचालक बन्दछ ।पानीमा ४८ मेगाबार चाप दिँदा पनि यस्तै हुन्छ । तर यसो गर्नु प्रयोगशाला प्रविधिमा सम्भव छैन । त्यसैले शोधकर्ताहरुले इलेक्ट्रोन सहभागिताका लागि क्षारीय धातुको प्रयोग गरे ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post