कोरोना बीमाको दाबी भुक्तानी स्थगित, सरकारले दिएपछि मात्रै भुक्तानी हुने

नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी स्थगित भएको जनाएको छ । संघले एक सूचना जारी गर्दै साउन १४ गते देखि कोरोना बीमा दाबी फछ्र्यौट बन्द गरिएको जनाएको छ ।

सरकारको दायित्वमा पर्ने रकम निकाशा नभएपछि बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गर्नु परेको जनाएको छ ।

संघले कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीको दायित्वमा पर्ने १ अर्ब रुपैयाँ, नेपाल पुनर्बीमाको १ अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट १ अर्ब रुपैयाँ गरी ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ । उक्त रकम भुक्तानी पछि पनि बीमा कम्पनीहरुले १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

सरकारको दायित्वमा पर्ने रकम भुक्तानीको लागि माग गरिए पनि रकम निकाशा नभएको बीमक संघले जनाएको छ ।

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई हुदाँ बीमा प्रतिको विश्वनियता कायम गर्न सरकारबाट चाँडो कोरोना बीमाको दाबी वापतको रकम निकाशाको लागि पनि संघले आग्रह गरेको छ ।

संघको अनुसार हालसम्म १ लाख ३७ हजार ७५४ वटा कोरोना बीमा दाबी वापत १३ अर्ब रुपैयाँ भन्दा बढी दाबी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post