यी हुन् सबैभन्दा धेरै बाँच्ने ७ जीवहरू

धर्तीमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने जीव कुन हो ? मानिसको कुरा गर्ने हो भने मानिसको अधिकतम औसत उमेर भनेकै १ सय देखि ११० वर्षसम्म हो । पृथ्वीमा रहेका जीवहरुमध्ये सर्वाधिक आयु हुनेमा चाहिँ अधिकांश पानीमा बस्ने जीवहरु पर्दछन् । सर्वाधिक उमेरसम्म बाँच्ने ७ जीवहरु यस्ता छन् :


रफआइ रकफिस (Rougheye Rockfish):
  • यो माछा सबैभन्दा धेरै उमेरसम्म बाँच्ने माछामध्ये एक हो । यो कम्तिमा पनि २ सय ५ वर्षसम्म बाँच्दछ । हल्का गुलाबी खैरो रङको यो माछा प्रशान्त महासागरमा क्यालिफोर्निया देखि जापानसम्म पाइन्छ । यो माछाको शरीरको लम्बाई ३८ इन्चसम्म हुन्छ । यो संकटापन्न प्रजातिको रुपमा रहेको छ ।


बोहेड ह्वेल (Bowhead Whale):
  • आर्कटिक समुद्र र त्यसको आसपासमा पाइन्छ यो माछा । बो होड ह्वेल पनि २ सय वर्षभन्दा पनि धेरै समयसम्म बाँच्दछ । यो ह्वेलको शरीरमा ERCC1 नामक जिन हुन्छ । त्यसले शरीरमा खराब भएका डिएनएलाई सुधार गर्दछ । सोही कारण यो माछालाई क्यान्सर जस्ता कुनै पनि भयानक रोग लाग्दैन ।


कछुवा:
  • कछुवा सबैभन्दा धेरै बाँच्ने प्राणी मध्ये एक हो । सन् २००६ मा भारतमा एउटा कछुवाको २ सय ५५ वर्षको उमेरमा मृत्यु भएकेा थियो । अल्डेब्रा प्रजातिको उक्त भाले कछुवा भारतमा अंग्रेज साम्राज्यका संस्थापक लर्ड क्लाइभलाई उपहारमा प्राप्त भएको थियो । उक्त कछुवाको तौल अढाइ सय किलो थियो ।

फ्रेसवाटर पर्ल मसेल Freshwater Pearl Mussel:
  • समुद्रमा पाइने यो जिव पनि झण्डै ३ सय वर्षसम्म बाँच्दछ । एक रिपोर्ट अनुसार हालसम्म पाइएको सबैभन्दा धेरै उमेरका फ्रेसवाटर पर्ल मसेलको २ सय ८० वर्षको छ । यो प्राणीको पाचन प्रक्रिया निकै सुस्त हुने हुनाले दीर्घजीवी भएको वैज्ञानिकहरुको ठम्याइ छ ।

ग्रिनल्याण्ड शार्क:
  • ग्रिनल्याण्ड शार्क आर्कटिक महासागरको निकै गहिराइमा पाइन्छ । २४ फिटसम्म लामो हुने यो शार्कले सामुद्रिक जीवहरुलाई आफ्नो भोजन बनाउँदछ । एक अध्ययन अनुसार अहिलेसम्म पत्ता लागेको मध्ये सबैभन्दा बढी बाँच्ने ग्रिनल्यान्ड शार्कको उमेर ३९२ वर्ष छ ।

ट्युब वर्म Rube Worm:
  • यो जीव गहिरो समुद्रमा निकै चिसो इलाकामा पाइन्छ । सन् २०१७ को एक रिपोर्ट अनुसार मेक्सिको खाडीमा ट्युबवर्मको एउटा यस्तो प्रजाति भेटिएको थियो जो २ सय वर्षसम्म जीवित थियो । यो जीवका कतिपय प्रजातिहरु ३00 वर्षभन्दा पनि धेरै आय’सम्म बाँच्ने गरेका छन् । यो जीवका प्राकृतिक शत्रु वा सिकारी कोही पनि नहुने भएकाले पनि यो लामो समयसम्म बाँच्न सकेको वैज्ञानिकहरु बताउँछन् ।

हाइड्रा (Hydra):
  • विद्यालयस्तर बाटै तपाईं हामीले पाठ्यपुस्तकमा हाइड्राको बारेमा पढेकै हौँ । निकै नरम शरीर तथा माथिल्लो भागमा हाङाबिङा (tentacles) हुने हाइड्राको उमेर कति हुन्छ भन्ने कुरा आजसम्म पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । नेचर पत्रिकामा छापिएको एक शोध अनुसार वैज्ञानिकहरुले हाइड्राको उमेर १४ सय वर्षसम्म हुने तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुका अनुसार हाइड्राले आफ्नो शरीरका पुराना कोषलाई आफैं नवीकरण गर्ने भएकोले यो कहिल्यै पनि बुढो हुँदैन । अर्थात् हाइड्राले एक खाले जैविक अमरत्व प्राप्त गरेको छ । अतः हाइड्रा नै पृथ्वीमा भएका जीवमध्ये सबैभन्दा धेरै बाँच्ने जीव हो ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post