नासपाती खानुका यति धेरै फाइदाहरु, यति धेरै रोग रोकथामका लागि अमृत समान हुन्छ ! जानीराखौं

नासपाती गर्मीको समयमा फल्ने एक यस्तो फल हो जुन स्वाद र सन्तुष्टिका साथ साथै स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको छ ।


यसमा रहेको भिटामिन , मिनरल्स ,तथा अन्य पोषक तत्वले शरीरमा रगतको मात्रा बढाउनका साथै हाडजोर्नी मजबुत बनाउनमा समेत मदत गर्दछ । यति मात्र नभई नासपातीको प्रयोग ब्युटी प्रोडक्टमा समेत गर्ने गरिन्छ । यस्ता वन् नासपाती सेवनको फाइदाहरु:-

१) कोलेस्टोरेल नियन्त्रण:- नासपातीमा फाइबरको मात्रा प्रसस्त पाइन्छ जसले कोलेस्टोरेलको मात्रा नियन्त्रण गर्नुका साथै मुटु सम्बन्धि समस्याबाट बचाउछ। यसका अलावा यसले अथेरोस्क्लेरोसिस,हृदयघात र पक्षघात जस्ता समस्या हुने सम्भावना समेत कम हुन्छ ।

२) क्यान्सर:- नासपातीमा पाइने एंटी कैसरोजेनिक गुण क्यान्सर रोकथाम गर्नमा मदत गर्दछ साथै यसमा अन्य फलको तुलनामा अत्यधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ ।

३) तौल घटाउनका लागि:- नासपातीमा पाइने फाइबर तत्वले यसको सेवनले भोक कम लाग्ने भएकाले र शरीरको अनावश्यक तौल कम गर्न मदत गर्दछ।

४) शरीरमा रगतको मात्रा बढाउन:- नासपातीमा पाइने आइरनले रगतमा हेमोग्लोबिनको मात्रा बढाउनमा मदत गर्छ । एनेमिया जस्ता रोगका शिकार भएकाहरुका लागि हरेक दिन नासपातीको सेवनलाई प्रभावकारी मानिन्छ ।

५) हाडजोर्नी मजबुत बनाउन:- नासपातीमा पाइने बेरोन नामक तत्वले हाडजोर्नी मजबुत पर्न सहयोग गर्छ । साथै हरेक दिन नासपाती खानाले माम्सपेशी सम्बन्धी बिभिन समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।

६) मधुमेहको लागि:- मधुमेह रोगीलाई गुलियो बस्तुहरुको सेवन गर्नमा रोक लगाईएको हुन्छ तर पनि नासपाती खानमा गुलियो हुनका साथै यसले मधुमेह रोगीलाई कुनै असर नगर्ने बताईएको छ ।

७) रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि:- हरेक दिन नासपातीको सेवन गर्नाले प्रतिरोधात्मक कक्षमतामा वृद्धि गराउनुका साथै विभिन्न ब्याक्टेरियल तथा इन्फ़ेक्शनल संक्रमणबाट छुटकारा दिलाउछ । यसका अलावा नासपातीको सेवनले पाचन प्रक्रिया समेत मजबुत बनाउछ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post