१४ वर्षपछि अर्जेन्टिना र ब्राजिलबीच हुँदैछ उपाधि भिडन्त, यस्तो छ तथ्यांक ।

कोपा अमेरिका २०२१ को उपाधिका लागि आगामी आइतबार विहान अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ। ब्राजिल र अर्जेन्टिनाबीच फाइनलमा १४ वर्षपछि र समग्रमा चौथो पटक उपाधि भिडन्त हुन लागेको हो।


ब्राजिल र अर्जेन्टिना फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। दक्षिण अमेरिकी देशबीच फुटबलमा पुरानो दुश्मनी छ। दुवै देशका समर्थक एकअर्काप्रति आक्रामक हुने गरेका छन्। यस्तै दुई देशका खेलाडीको तुलना गरेर समर्थकहरु कहिल्यै थाक्दैनन्।

सन् १९१४ यता दुई टिमबीच अहिलेसम्म १०५ आधिकारिक खेल भएका छन्। फिफाका अनुसार ब्राजिलले ४१ खेलमा जित हात पार्दा अर्जेन्टिना ३८ खेलमा विजयी भएको छ। २६ खेल बराबरीमा सकिएका छन्। अर्जेन्टिनाले ब्राजिलको पोस्टमा १६० गोल गरेको छ। यस्तै ब्राजिलले १६३ गोल विपक्षीको पोस्टमा छिराएको छ।

दुई टिमबीच विश्वकपको खेलमा चार खेल भएको छ। जसमा ब्राजिल २ खेलमा विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ। अर्जेन्टिना भने एक खेलमा मात्र विजयी भएको छ।

कोपा अमेरिकामा अर्जेन्टिना र ब्राजिलबीच २९ खेल भएका छन्। जसमा अर्जेन्टिना १४ खेलमा विजयी हुँदा ब्राजिलले ९ खेलमा जित हात पारेको छ। ८ खेल भने बराबरीमा सकिएका छन्।

६० मैत्रीपूर्ण खेलमा ब्राजिल २५ खेलमा विजयी भएको भने अर्जेन्टिनाले २० खेलमा जित हात पारेको छ। १५ खेल बराबरीमा सकिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post