रानीपोखरी मन्दिरको केहि तस्बिरहरू ।

आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५ मा उक्त पोखरी निर्माण गरेका थिए। पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए।








वि.सं. २०७२ साल बैशाख १२ गतेको ७.८ रेक्टरको बिनाशकारी भुकम्पमा मन्दिरको गजुर सहित मन्दिर क्षति भएको थियो । भुकम्प गएको एक वर्ष पारि २०७३ बैशाख १२ गते पुन:निर्माण सिलन्यासभएको थियो । पुन:निर्माण कार्य सकिएर २०७७ साल कार्तिकमा यसको उद्घाटन कार्य सम्पन्न भएको थियो ।












प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post