किन पूज्य छन् गुरु ?

आज गुरु पूर्णिमा ।अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।

गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघ–संस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।


आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

को हुन वेदव्यास ?

गुरु पूर्णिमा पर्व महर्षि वेद व्यासलाई प्रथम गुरु मानेर उनको सम्मानमा मनाइन्छ । महर्षि वेद व्यास नै थिए जसले सनातन धर्मको चार वेदको व्याख्या गरेका थिए । पौराणिक मान्यता अनुसार अषर पूर्णिमामा महर्षि वेद व्यासको जन्म भयो । गुरु वेद व्यासले नै पहिलो पटक मानव जातिमा चार वेदको ज्ञान दिएका थिए । त्यसैले सबैभन्दा पहिलो गुरुको रुपमा उनी पूज्य छन् ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post