अब अन्तरीक्षमै उडेर बिहे गर्न पाइने, अमेरिकी कम्पनीले ल्यायो गज्जबको योजना

अन्तरीक्षमा बिहे गर्ने अर्थात् स्पेस वेडिंगको सपना पनि अब यथार्थमा परिणत हुँदैछ । भविष्यमा स्पेस बेलुनमा बसेर जमिनभन्दा १ लाख फिट उचाइमा अन्तरीक्ष क्षेत्रमा बसेर जोडीहरुले बिहे गर्न पाउनेछन् ।

अमेरिकाको फ्लोरिडामा रहेको स्पेस पर्सपेक्टिभ नामक कम्पनीले सो विशेष खालको अन्तरीक्ष बेलुन तयार गरेको हो । उक्त बेलुनको आकार एउटा फुटबल रंगशाला जत्रै रहेको छ ।


अन्तरीक्षमा बेलुनमा उडेर बिहे गर्ने चाहना सबैको हुनसक्दछ । तर यो चाहेर पनि सबैका लागि सम्भव हुनेछैन । किनकि अन्तरीक्षमा गएर बिहे गर्नका लागि डेढ करोड रुपैयाँ भुक्तान गर्नुपर्नेछ । अन्तरीक्षमा गएर बिहे गर्ने यो कार्यक्रम सुरु हुनका लागि सन् २०२४ सम्म पर्खिनुपर्नेछ ।

कम्पनीका अनुसार केही मानिसहरुले अन्तरीक्षमा बिहे गर्ने उक्त यात्राका लागि बुकिंग गरिसकेका छन् । उक्त बेलुनमा एक पटकमा ८ जना मानिसले यात्रा गर्न सक्नेछन् । यो यात्रा ६ घण्टाको हुनेछ । गत जुन महिनाको अन्तिम देखि अन्तरीक्ष बिहेको उक्त यात्राको अग्रीम बुकिंग सुरु भैकेको छ ।

कम्पनीका अनुसार केवल बिहेका लागि मात्र नभई कर्पोरेन्ट इभेन्ट, बर्थडे जस्ता कार्यहरुका लागि समेत अग्रिम बुकिंग गर्न सकिनेछ ।
स्पेस बेलुन यात्राका सुविधाहरुः
१.स्पेस बेलुनबाट यात्रा गर्ने क्रममा पृथ्वीलाई ३६० डिग्रीमा देख्न सकिनेछ ।
२.बेलुनमा नुहानका लागि बाथरुम लगायतका बार र वाइफाइ लगायतका अत्याधुनिक सुविधा हुनेछन् ।
३.उडानका क्रममा ब्रेकफास्ट तथा कोल्ड ड्रिंक्स अर्डर गर्न सकिनेछ ।

जून महिनामा भएको थियो परीक्षण

कम्पनीले गत जुन महिनामा मात्रै बेलुनको परीक्षण गरेको थियो । त्यसलाई नासाको केनेडी स्पेस सेन्टर नजिकै तयार गरिएको स्पेस कोस्ट स्पेसपोर्टबाट प्रक्षेपण गरिएको थियो । उक्त बेलुनका नाम नेप्च्यून वन हो ।

कम्पनीका अनुसार भविष्यमा अन्तरीक्षलाई हेर्नु भने नितान्त युरोप घुम्नुजस्तै हुनेछ । यसका लागि कुनै खास प्रकारका कपडा लगाउने आवश्यकता पर्नेछैन । त्यसमा बस्नु जहाजमा बसेजस्तै हुन्छ र यात्रा सुरक्षित र आरामदायक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post