‘पिरतीको लुडो’मा तेजुला र यसराजको रोमान्स

 काठमाडौँ । गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको स्वर रहेको आधुनिक गीत ‘पिरतीको लुडो...’ सार्वजनिक भएको छ । 


लक्ष्मी पौडेलको शब्द र राजन इसानको एरेन्ज रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । भिडियोमा अभिनेत्री तेजुला खतिवडा, यसराज गरचको रोमान्स देख्न सकिन्छ । सुजता सिटौलाको निर्माण रहेका भिडियो लुजा सिंहले निर्देशन गरेकी हुन् । भिडियोमा नरेशबिर सिंहको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post