नेपाल द्वारा मलेसियालाई २१८ रनको लक्ष्य प्रस्तुत

 


९ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको हो । नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ७ चौकाको मद्दतमा ४५ रन बनाए । उनले छैटौं विकेटका लागि कुशल मल्लसँग ६६ रनको साझेदारी गरे । नेपालका लागि आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल मल्लले नटआउट १९ र कुशल भुर्तेलले १६ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post