ओली र नेपालबीच मेरियट होटलमै वार्ता जारी

 


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता सुरु भएको छ ।


यसअघि बुधबार बेलुका पनि दुईघण्टा बढी वार्ता उनीहरुबीच भएको थियो । वार्तामा खासै प्रगति नभएको नेताहरुले जनाए पनि प्रधानमन्त्रीका एकजना सल्लाहकारले ‘ठूलै दुर्घटना’ टरेको बताएका थिए । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्ता नै नभएको अवस्थामा दुई नेताबीचको संवादले सकारात्मक संकेत गरेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post