‘श्री’मा सन्दिपको कामको प्रशंसा, नयाँ बर्षमा व्यापार कस्तो ?

 


एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र श्रीनेपालका विभिन्न हलमा रिलिज भैरहेको छ । चैत्र २७ गतेबाट रिलिज भएको यो चलचित्र हेर्न दर्शकको उपस्थिती भने न्यून छ । विना प्रचार रिलिज भएका कारण पनि दर्शकले चलचित्र लागेको जानकारी नै पाएनन् ।

तर, चलचित्र हेर्ने समिक्षक, दर्शक र चलचित्रकर्मीले भने यसका मुख्य कलाकार सन्दिप क्षेत्रीको अभिनयको प्रशंसा गरिरहेका छन् ।

सन्दिप क्षेत्री र अर्का कलाकार भोलाराज सापकोटाको अभिनयलाई चलचित्र हेर्ने दर्शकले रुचाएका छन् । यो चलचित्रले एक सातामा ७ लाख ग्रस कलेक्शन गरेको वितरक करण श्रेष्ठको भनाई छ ।

लकडाउनको समयमा एक व्यक्तिले भोगेको कथालाई यो चलचित्रले बोलेको छ । चलचित्रमा वर्षा सिवाकोटी, वुद्दि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुषाल, रविन्द्र झा, सविता गुरुङ लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रको निर्माणपक्षले सेलिब्रिटी शो, विशेष शो लगायतका शोहरु आयोजना पनि गरिरहेको छ ।

नयाँ बर्षमा केही चलचित्रहरु पछि सरेपछि यो चलचित्र रिलिज भएको थियो । तर, हतारमा रिलिज गरिएका कारण पनि राम्रो प्रतिक्रिया पाएर पनि चलचित्र हेर्न दर्शक हलसम्म उल्लेख्य रुपमा पुग्न सकेनन् । यसैविच, चलचित्रको निर्माणपक्षले चलचित्र पत्रकार संघ, नेपालको कल्याणकारी कोषमा २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post