कोरोना बाट ५ जनाको मृत्यु , २५ सय भन्दा बढी संक्रमित

 BBC Samachar

News (समाचार)

Corona Nepal Update (५ जनाको मृत्यु , २५ सय भन्दा बढी संक्रमित)    



पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् । यही अवधिमा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post