टर्किस नेतृ इब्रु तिम्तिकप्रति समर्पित दुई मुक्तक


१.
फासीवाद विरुद्धमा बोल्ने तिमी महान्
अन्धसत्ताको आँखा खोल्ने तिमी महान् ।।
मर्नै परे पनि जनताकै लागि मर्छु भन्दै
अमर बन्यौ चुनौती मोल्ने तिमी महान् ।।

२.
बुझूून् शासकले सधैँ हुन्न ढलिमली
लोकप्रियता कमाइँदैन जनका आँखा छली
अन्यायका विरुद्धमा लाग्दा मर्नु प¥यो
आदर्श हौ सबको तिमी हार्दिक श्रद्धाञ्जली ।।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post