‘सपनाको भन्ज्याङतिर’ निबन्ध सङ्ग्रह बजारमा


बुटवल । युवा कवि एवं निबन्धकार खोमा तरामु मगरको निबन्ध सङ्ग्रह ‘सपनाको भन्ज्याङतिर’ बजारमा आएको छ । निबन्ध सङ्ग्रहमा २६ वटा रचनाहरू रहेका छन् । बुटवलमा रहेर कविता र निबन्धको क्षेत्रमा कलम चलाउदै आएका तरामु मगरको निबन्ध सङ्ग्रहमा विद्यमान शोषणकारी समाजको परिवर्तन र नयाँ समाजको निर्माणका सपनाहरूलाई सजाइएको छ ।

समाजका सबैभन्दा पिँधमा रहेका वर्गले भोग्दै आएका दुःख, पीडा र उनीहरुको सुन्दर सपनालाई निबन्धमा समेटिएको छ । निबन्धबारे वरिष्ठ साहित्यकार दिल साहनीले भनेका छन्, “नयाँ समाजको निर्माण तथा शान्ति र प्रगति नै उनको निबन्धको मूल सार हो ।”

पुस्तकभित्रका निबन्धहरूले स्थान, पात्र, परिवेश, घटना सबैका माध्यमबाट नयाँ र उन्नत समाज निर्माणलाई केन्द्रमा राखेका छन् । सहिद, बेपत्ता र घाइते योद्धाहरूले देखेको अधुरो सपनाहरुलाई समेटिएको निबन्धमा नयाँ समाज–व्यवस्थाको दुरुस्त ऐना देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post