शहीद स्रष्टा परिचयकोश प्रकाशन हुने


काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपालका विभिन्न राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने स्रष्टाका सम्मानमा ‘शहीद स्रष्टा परिचयकोश’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागबाट उक्त कोश तयार हुन लागेको हो । 

विभागका प्रमुख प्राडा.गोपीन्द्र पौडेलका अनुसार तेजविलास अधिकारी र राजबहादुर कुँवरको सम्पादनमा कोश तयार भइरहेको छ । कोशमा ‘मकैको खेती’का स्रष्टा प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीदेखि जनयुद्धकालका शहीद कृष्ण सेन ‘इच्छुक’लगायत शहीद स्रष्टालाई समेटिनेछ । कोश यसै आर्थिक वर्षभित्र प्रकाशन गर्ने योजना रहेको प्राज्ञ पौडेल बताए ।

नेपालमा १९९७ को विद्रोह, २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनान्दोलन, दशवर्षे सशस्त्र जनयुद्ध र २०६२/०६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा स्रष्टाहरुको महत्वपूर्ण योगदान थियो ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post