ट्वीटरमा कपीपेस्ट, लगाम लगाउन आयो यस्तो नियम


माइक्रोब्लगिङ साइट ट्वीटरले कपीपेस्ट गरिएका ट्वीटलाई लुकाउने (हाइड) गर्ने निर्णय गरेको छ । यससँगै विभिन्न संस्थाहरुको प्रवर्द्धनका लागि काम गर्ने आईटी कम्पनीहरु समस्यामा पर्ने भएका छन् । 
यदि कोही व्यक्तिले कसैको ट्वीटलाई कपी पेस्ट गरेको छ वा एकै ट्वीट धेरै मानिसले गरेका छन् भने यस्तोमा मानिसहरुको टाइमलाइनबाट ट्वीट हाइड हुनसक्छ ।

ट्वीटरले ट्वीट गरेरको यसको जानकारी दिएको छ । ट्वीटरका अनुसार पछिल्ला केही वर्षमा उसको प्लेफर्ममा कपी– पेस्टवाला ट्वीटको संख्या निकै बढेको छ । एकै ट्वीटलाई धेरै मानिसहरुले कपी गरेर ट्वीट गरिरहेका छन् ।
‘यस्तोमा हामी त्यस्ता ट्वीटको भिजिवलिटी कम गर्ने फैसला गरेका छौं ,’ ट्वीटरले भनेको छ । ट्वीटरले आफ्नो नयाँ नीतिमा ‘कपिपास्टा’ ट्वीटलाई पनि समावेश गरेको छ । अनलाईन दुनियाँमा डुप्लिकेट कन्टेन्टका लागि ‘कपिपास्टा’ प्रयोग हुने गरेको छ । 

ट्वीटरले यसबारे मोबाइल एपमा पनि एक फिचर जारी गरेको छ, जहाँबाट तपाईले आफ्नो ट्वीटलाई कपी गर्ने विकल्प बन्द गर्नसक्नुहुन्छ । त्यस्तै, कम्पनीले भर्खरै ‘रिट्वीट विथ कोट’ फिचर पनि जारी गरेको छ ।
कुनै अभियानका लागि प्राय ‘कपिपास्टा’ प्रयोग हुन्छ । जसअन्तर्गत हजारौं एकाउन्टबाट उस्तै खाले ट्वीट गरिएको तपाईहरुले देख्नुभएको होला । ट्रेन्डिङ वा कुनै व्यक्ति र संस्थालाई निशानामा ल्याउनका लागि यस्तो गर्ने गरिएको छ । अधिकतम प्रयोग राजनीतिक प्रोपोगान्डा फैलाउनका लागि हुँदै आएको छ ।

कपीपेस्ट ट्वीटको खराबी यो छ कि यसका कारण ओरिजिल कन्टेन्ट पनि सम्बन्धित व्यक्तित्वको स्वामित्वमा रहँदैन । मानिसहरुले कपीपेस्ट गरेर आफ्नो नामबाट ट्वीट गर्ने गरेका छन् । यस्तोमा वास्तविक कन्टेन्ट क्रियटरलाई कम र कपीपेस्ट गर्नेलाई धेरै फाइदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post