वीरेन्द्रनगरको निषेधाज्ञा शर्त सहित खुल्यो


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा भोली शनिवार १३ गतेबाट हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरस कोभिड १९ को महामारी समुदाय स्तरमा फैलन थालेपछि गएको भाद्र १ गतेबाट वीरेन्द्रनगरमा निषेधाज्ञा लगाएको थियो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार भाद्र १२ गतेबाट केही शर्त सहित व्यापार व्यावसाय सूचारु हुनेछ ।

भाद्र १३ गते देखि विहान ५ बजेबाट साँझ ७ बजे सम्म बजार खुला गरिने त्यसपछि पूर्णरुपमा बन्द गर्नुपर्ने त्यस्तै स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मालबहाक तथा अति आवश्किय सवारी साधनहरु बाहेक अन्यमा जोरविजोर प्रणाली लागु तथा साँझ ७ बजे पछि निजी तथा सार्वजनिक सावरी पूर्णहरुमा बन्द हुने प्रजिअ रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै सबैखालका भेला जुलुस सभा गोष्ठी सेमिनार पूर्णरुपमा बन्द गरिएको छ प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post