होटल मालिकले गरे आफ्नै ग्राहकको हत्या


सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकले ग्राहकको हत्या गरेको छन् । वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या गरेका हुन् । सोही होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षिय शाहीको शुक्रबार साँझ सात बजेतिर बञ्चरोले हत्या गरेर ढकाल फरार भएका थिए । प्रहरीले ढकाललाई वीरेन्द्रगरकै गणेशचौकबाट पक्राउ गरेको छ । अत्यधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीको किन हत्या गर्ने भन्ने बारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए । उनले यस विषयमा अनुसन्धान थालिएको बताए । यो घटनासंगै सुर्खेतमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post