सशस्त्र प्रहरी सेवामा रहने समूह सम्बन्धी जानकारी

परिच्छेद–२: सशस्त्र प्रहरी सेवामा रहने

समूह, श्रेणी, पद तथा सङ्गठनात्मक संरचना


सशस्त्र प्रहरी सेवामा देहाय बमोजिमका समूह रहनेछन् :

(क) साधारण समूह,
(ख) प्राविधिक समूह ।

उपनियम (१) बमोजिमको समूहमा अनुसूची - १ बमोजिमका उपसमूह रहनेछन् ।

सशस्त्र प्रहरी सेवामा रहने श्रेणी तथा पद : 

सशस्त्र प्रहरी सेवामा देहायका श्रेणीहरु रहने छन् :

(क) राजपत्राङ्कित
(ख) राजपत्र अनङ्कित

सशस्त्र प्रहरी सेवाको राजपत्राङ्कित श्रेणीमा देहायका पदहरु रहनेछन् :

(क) विशिष्ट श्रेणी

  • सशस्त्र प्रहरी महानिरीक्षक
    • धानको बाला भित्र खुडा क्रस र २ तारा
  • सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक 
    • धानको बाला भित्र खुडा क्रस र १ तारा

(ख) प्रथम श्रेणी

  • सशस्त्र प्रहरी नायब महानिरीक्षक 
    • धानको बाला भित्र खुडा क्रस
  • सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक 
    • खुडा क्रस र ३ तारा

(ग) द्वितीय श्रेणी

  • सशस्त्र प्रहरी उपरीक्षक 
    • खुडा क्रस र २ तारा
  • सशस्त्र प्रहरी नायब उपरीक्षक 
    • खुडा क्रस र १ तारा

(घ) तृतीय श्रेणी 

  • सशस्त्र प्रहरी निरीक्षक 
    • खुडा क्रस

सशस्त्र प्रहरी सेवाका राजपत्र अनङ्कित श्रेणीमा देहायका पदहरु रहनेछन् :

(क) प्रथम श्रेणी

  • सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक 
    • २ तारा को दुबै पट्टि २ धर्के लाईन
  • सशस्त्र प्रहरी नायब निरीक्षक 
    • २ तारा

(ख) द्वितीय श्रेणी

  • सशस्त्र प्रहरी सहायक निरीक्षक 
    • १ तारा

(ग) तृतीय श्रेणी

  • सशस्त्र प्रहरी वरिष्ठ हवल्दार 
    • कुममा ३ घर्के फित्ता माथी मन्दिर
  • सशस्त्र प्रहरी हवल्दार 
    • कुममा ३ घर्के फित्ता
  • सशस्त्र प्रहरी सहायक हवल्दार 
    • कुममा २ घर्के फित्ता

(घ) चतुर्थ श्रेणी

  • सशस्त्र प्रहरी जवान वा रिक्रुट 
    • कुममा १ घर्के फित्ता

(ङ) श्रेणी विहिन

  • सशस्त्र प्रहरी परिचर वा सो सरह 
    • दर्ज्यानी चिन्ह बिहिन

सशस्त्र प्रहरी सेवाका विभिन्न समूह तथा उपसमूहमा देहाय बमोजिमका पदहरु रहनेछन् :

(क) साधारण समूह:
  • साधारण उपसमूहमा सशस्त्र प्रहरी परिचर देखि सशस्त्र प्रहरी महानिरिक्षकसम्म, 
(ख) साधारण समूह, कानुन उपसमूहमा:
  • सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी नायब महानिरीक्षकसम्म, 
(ग) साधारण समूह, लेखा उपसमूहमा:
  • सशस्त्र प्रहरी वरिष्ठ हवल्दारदेखि सशस्त्र प्रहरी नायब महानिरीक्षकसम्म, र 
(घ) प्राविधिक समूहमा:
  • सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकसम्म । 

५. सशस्त्र प्रहरी बलको सङ्गठनात्मक संरचना :
  • प्रधान कार्यालयको सङ्गठनात्मक संरचना अनुसूची–२ बमोजिम हुनेछ । 
  • सशस्त्र प्रहरी बलमा रहने कार्यालय, कार्यालय प्रमुख र कार्यालयहरुको आदेशको श्रृङ्खला (चेन अफ कमाण्ड) अनुसूची–३ बमोजिम हुनेछ । 

६. सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी सङ्गठनको प्रमुख हुने :
  • सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी बलको सङ्गठन प्रमुख हुनेछ र निजले ऐन, यस नियमावली र अन्य प्रचलित कानूनको अधीनमा तथा मन्त्रालयको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही सशस्त्र प्रहरी प्रशासनको प्रमुखको रुपमा कार्य सम्पादन गर्नेछ। 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post