सशस्त्र प्रहरीमा भर्ना हुन चाहिने शैक्षिक योग्यता र उमेर

के तपाई सशस्त्र प्रहरीमा जागिर खानको निम्ति शैक्षिक योग्यता, उमेर र शारीरिक योग्यता के कति चाहिन्छ भनेर सोच्दै हुनुहुन्छ ? यदि सोच्दै हुनुहुन्छ भने आज हामी यसै बिषयमा यो भिडियो लिएर आएका छौँ । तपाईलाई हाम्रो भिडियो मन परेमा हाम्रो Channel लाई Like, Share र Subscribe गर्न नभुल्नुहोला । 



सशस्त्र प्रहरी बल नेपालमा प्रकासन गर्ने विभिन्न पदहरुमा भर्ना हुन चाहीने शैक्षिक योग्यता, उमेर र शारीरिक योग्यता यस प्रकार रहेको छ ।

For Video: Click Here

१) सशस्त्र प्रहरी परिचर: 

सशसत्र प्रहरी परिचर तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - साधारण लेखपढ भए पुग्नेछ भने उमेरको हकमा सर्वसाधारणको लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ 
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट २ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३० ईन्च र फुल्लाउदा ३२ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ भने 
  • महिला उमेदवारको हकमा - उचाई ५ फिट हुनु पर्नेछ र वजन कम्तिना ४० के.जी. हुनु पर्नेछ । 

२) सशस्त्र प्रहरी जवान: 

सशसत्र प्रहरी जवान तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - कम्तिमा ८ कक्षा पास गरेको हुने पर्नेछ भने उमेरको हकमा सर्वसाधारणको लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ 
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट २ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३० ईन्च र फुल्लाउदा ३२ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ भने 
  • महिला उमेदवारको हकमा - उचाई ५ फिट हुनु पर्नेछ र वजन कम्तिना ४० के.जी. हुनु पर्नेछ । 

३) सशस्त्र प्रहरी सहायक निरिक्षक: 

सशसत्र प्रहरी सहायक निरिक्षक तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - मान्यता प्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र वा सो सरहको शिक्षा प्राप्त गरेको प्रमाण पत्र हुनु पर्नेछ भने उमेरको हकमा सर्वसाधारणको लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ: 
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट २ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३१ ईन्च र फुल्लाउदा ३३ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ भने 
  • महिला उमेदवारको हकमा - उचाई ५ फिट हुनु पर्नेछ र वजन कम्तिना ४२ के.जी. हुनु पर्नेछ । 

४) सशस्त्र प्रहरी निरिक्षक: 

सशसत्र प्रहरी निरिक्षक तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरहको शिक्षा प्राप्त गरेको प्रमाण पत्र हुनु पर्नेछ भने उमेरको हकमा सर्वसाधारणको लागि २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ: 
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट २ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३१ ईन्च र फुल्लाउदा ३३ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ भने 
  • महिला उमेदवारको हकमा - उचाई ५ फिट हुनु पर्नेछ र वजन कम्तिना ४२ के.जी. हुनु पर्नेछ । 

होस त आजलाई यति । यदि कुनै जिज्ञासा भएमा हामीलाई Comment मार्फत भन्न नभुल्नुहोला र यस सम्बन्धी सम्पूर्ण जानकारी हेर्नको लागि भिडियोको Description मा दिएको Link लाई Click गर्नुहोला । तपाईलाई हाम्रो भिडियो मन परेमा हाम्रो Channel लाई Like, Share र Subscribe गर्न नभुल्नुहोला । धन्यबाद । 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post