नेपाल आर्मीमा भर्ना हुन चाहिने शैक्षिक योग्यता, उमेर र शारीरिक योग्यता

के तपाई नेपाल आर्मीमा जागिर खानको निम्ति शैक्षिक योग्यता, उमेर र शारीरिक योग्यता के कति चाहिन्छ भनेर सोच्दै हुनुहुन्छ ? यदि सोच्दै हुनुहुन्छ भने आज हामी यसै बिषयमा यो भिडियो लिएर आएका छौँ । तपाईलाई हाम्रो भिडियो मन परेमा हाम्रो Channel लाई Like, Share र Subscribe गर्न नभुल्नुहोला ।


नेपाल आर्मीमा प्रकासन गर्ने विभिन्न पदहरुमा भर्ना हुन चाहीने शैक्षिक योग्यता, उमेर र शारीरिक योग्यता यस प्रकार रहेको छ ।

१) फल्वर्स: फल्वर्स तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - साधारण लेखपढ भए पुग्नेछ भने उमेरको हकमा सर्वसाधारणको लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ:
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट २ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३० ईन्च र फुल्लाउदा ३२ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ 
  • महिला उमेदवारको हकमा - उचाई ४ फिट १० ईन्च हुनु पर्नेछ र वजन कम्तिना ४० के.जी. हुनु पर्नेछ ।
२) सैन्य: सैन्य तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - कम्तिमा ८ कक्षा पास गरेको हुने पर्नेछ भने उमेरको हकमा सर्वसाधारणको लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ:
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट ३ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३२ ईन्च र फुल्लाउदा ३४ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ
  • महिला उमेदवारको हकमा - उचाई ४ फिट १० ईन्च हुनु पर्नेछ र वजन कम्तिना ४० के.जी. हुनु पर्नेछ ।
३) अमल्दार कर्मचारी: अमल्दार कर्मचारी तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - दश कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्प्युटर सम्बन्धी कम्तीमा २ महिनाको Basic तालिम गरी प्रमाण-पत्र प्राप्त गरेको हुने पर्नेछ भने उमेरको हकमा सर्वसाधारणको लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ:
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट ३ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३२ ईन्च र फुल्लाउदा ३४ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ
  • महिला उमेदवारको हकमा - उचाई ४ फिट १० ईन्च हुनु पर्नेछ र वजन कम्तिना ४० के.जी. हुनु पर्नेछ ।
४) प्राविधिक हुद्दा: प्राविधिक हुद्दा तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - मान्यता प्राप्त शिक्षण संस्थानबाट सम्बन्धित बिषयमा आवश्यक योग्यता हासिल गरेको, आवश्यकता अनुसार सम्बन्धित बिषयमा तोकिएको अवधिसम्म तालिम प्राप्त गरेको, आवश्यकता अनुसार तोकिएको अवधिसम्म सम्बन्धित बिषयमा कामको अनुभव भएको हुने पर्नेछ भने उमेरको हकमा सर्वसाधारणको लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ:
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट ३ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३२ ईन्च र फुल्लाउदा ३४ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ 
  • महिला उमेदवारको हकमा - उचाई ४ फिट १० ईन्च हुनु पर्नेछ र वजन कम्तिना ४० के.जी. हुनु पर्नेछ ।
५) प्राविधिक जमदार: प्राविधिक जमदार तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - मान्यता प्राप्त शिक्षण संस्थानबाट सम्बन्धित विषयमा आवश्यक योग्यता हासिल गरेको, नियम अनुसार सम्बन्धित विषयमा तोकिएको अवधिसम्म तालिम प्राप्त गरेको, आवश्यकता अनुसार तोकिएको अवधिसम्म सम्बन्धित विषयमा कामको अनुभव भएको हुने पर्नेछ भने उमेरको हकमा सर्वसाधारणको लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ:
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट ३ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३२ ईन्च र फुल्लाउदा ३४ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ 
  •  महिला उमेदवारको हकमा - उचाई ४ फिट १० ईन्च हुनु पर्नेछ र वजन कम्तिना ४० के.जी. हुनु पर्नेछ ।
६) प्राविधिक सुबेदार: प्राविधिक सुबेदार तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - : मान्यता प्राप्त शिक्षण संस्थानबाट सम्बन्धित बिषयमा आवश्यक योग्यता हासिल गरेको, नियम अनुसार सम्बन्धित संस्थामा दर्ता भएको, आवश्यकता अनुसार सम्बन्धित बिषयमा तोकिएको अवधिसम्म तालिम प्राप्त गरेको, आवश्यकता अनुसार तोकिएको अवधिसम्म सम्बन्धित बिषयमा कामको अनुभव भएको हुने पर्नेछ भने उमेरको हकमा सर्वसाधारणको लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ:
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट ३ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३२ ईन्च र फुल्लाउदा ३४ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ 
  • महिला उमेदवारको हकमा - उचाई ४ फिट १० ईन्च हुनु पर्नेछ र वजन कम्तिना ४० के.जी. हुनु पर्नेछ ।
७) अधिकृत क्याडेट: अधिकृत क्याडेट तर्फ भर्ना हुन चाहिने शैक्षिक योग्यता - : मान्यता प्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र तह अथवा स्नातक तह वा सो सरहको शिक्षा प्राप्त गरेको प्रमाण पत्र हुने पर्नेछ भने उमेरको हकमा प्रमाणपत्र तह उत्तीर्ण गर्नेको हकमा १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनेपर्नेछ र स्नातक तह उत्तीर्ण गर्नेको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनेपर्नेछ । त्यसै गरी शारीरिक योग्यता तर्फ:
  • पुरुष उमेदवारको हकमा - उचाई ५ फिट ३ ईन्च हुनु पर्नेछ, छाती नफुल्लाउदा ३२ ईन्च र फुल्लाउदा ३४ ईन्च हुनु पर्नेछ र वजन कम्तिमा ५० के.जी. हुनु पर्नेछ भने
  • महिला उमेदवारको हकमा - उचाई ५ फिट हुनु पर्नेछ र वजन कम्तिना ४० के.जी. हुनु पर्नेछ ।


होस त आजलाई यति । यदि कुनै जिज्ञासा भएमा हामीलाई Comment मार्फत भन्न नभुल्नुहोला र यस सम्बन्धी सम्पूर्ण जानकारी हेर्नको लागि भिडियोको Description मा दिएको Link लाई Click गर्नुहोला । तपाईलाई हाम्रो भिडियो मन परेमा हाम्रो Channel लाई Like, Share र Subscribe गर्न नभुल्नुहोला । धन्यबाद ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post