नेपाल प्रहरीमा भर्ना हुन चाहिने शेक्षिक योग्यता र उमेर सम्बन्धी जानकारी

नेपाल प्रहरी (Nepal Police)

शैक्षिक योग्यता र उमेर सम्बन्धी जानकारी


के तपाई नेपाल प्रहरीमा जागिर खानको लागि सोची राख्नु भएको छ ? अथवा नेपाल प्रहरीमा जागिर खानको निम्ति शैक्षिक योग्यता र उमेर के कति चाहिन्छ भनेर सोच्दै हुनुहुन्छ ? यदि यी सबै कुराहरुमा तपाईको जिज्ञासा रहेको छ भने हामी तपाईहरुको खुल्दुली मेटाउनको निम्ती यो भिडियो लियर आएका छौँ । तपाईलाई हाम्रो भिडियो मन परेमा हाम्रो Channel लाई Like, Share र Subscribe गर्न नभुल्नुहोला ।


नेपाल प्रहरीमा खुल्ला विज्ञापनबाट जनपद तर्फ प्रहरी निरिक्षक (Inspector), प्रहरी सनायक निरिक्षक (ASI), प्रहरी जवान (Police Constable) र प्रहरी कार्यालय सहयोगी (Followers) पदमा भर्ना खुल्छ भने प्राविधिक तर्फ प्रहरी नायव उपरिक्षक (DySP), प्रहरी निरिक्षक (Inspector), प्रहरी नायव निरिक्षक(SI), प्रहरी सहायक निरिक्षक(ASI) र प्रहरी जवान(Police Constable) पदमा भर्ना खुल्ने गर्दछ ।


  

जनपद तर्फ

१) प्रहरी निरिक्षकको भर्ना सम्बन्धी जानकारी 

  • १) उमेर सम्बन्धी जानकारी
    • क) सर्बसाधारण उमेदवारको हकमा २० बर्ष पुरा भई २५ बर्ष ननाघेको
    • ख) बिभागिय (प्र.ना.नि. देखि प्र.ज.) उम्मेदवार सम्मको हकमा २० बर्ष पुरा भई ३५ बर्ष ननाघेको
    • ग) विभागिय प्र.का.स. उम्मेदवारको हकमा २० बर्ष पुरा भई २५ बर्ष ननाघेको
  • २) शैक्षिक योग्यता सम्बन्धी जानकारी
    • क) जुन सुकै विष्यमा स्नातक तह (Bachelor Pass) हुनु पर्ने
उदहारण:
विज्ञापन प्रकासन मिति: २०७७/१०/०१ गते
दरखास्त फारम वितरण तथा दर्ता मिति: २०७७/१०/०५ गते देखि २०७७/११/११ गते सम्म 
  • १) सर्बसाधारणको हकमा 
    • मिति २०५२/११/११ गते देखि २०५७/११/११ गरे सम्मको ले भर्न पाउने 
  • २) बिभागिय (प्र.ना.नि. देखि प्र.ज.)को हकमा 
    • मिति २०४२/११/११ गते देखि २०५७/११/११ गरे सम्मको ले भर्न पाउने 
  • ३) विभागिय प्र.का.स.को हकमा 
    • २०५२/११/११ गते देखि २०५७/११/११ गरे सम्मको ले भर्न पाउने

२) प्रहरी सहायक निरिक्षकको भर्ना सम्बन्धी जानकारी

  • १) उमेर सम्बन्धी जानकारी 
    • क) सर्बसाधारण उमेदवारको हकमा १८ बर्ष पुरा भई २४ बर्ष ननाघेको
    • ख) बिभागिय (प्र.ह र प्र.ज.) उम्मेदवार सम्मको हकमा १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको'
    • ग) विभागिय प्र.का.स. उम्मेदवारको हकमा १८ बर्ष पुरा भई २५ बर्ष ननाघेको 
  • २) शैक्षिक योग्यता सम्बन्धी जानकारी 
    • क) जुन सुकै विष्यमा +2 Pass हुनु पर्ने (GPA: 1.6) 
उदहारण:
विज्ञापन प्रकासन मिति: २०७७/१०/०१ गते
दरखास्त फारम वितरण तथा दर्ता मिति: २०७७/१०/०५ गते देखि २०७७/११/११ गते सम्म  
  • १) सर्बसाधारणको हकमा 
    • मिति २०५३/११/११ गते देखि २०५९/११/११ गरे सम्मको ले भर्न पाउने 
  • २) बिभागिय (प्र.ना.नि. देखि प्र.ज.)को हकमा 
    • मिति २०४२/११/११ गते देखि २०५९/११/११ गरे सम्मको ले भर्न पाउने 
  • ३) विभागिय प्र.का.स.को हकमा 
    • मिति २०५२/११/११ गते देखि २०५९/११/११ गरे सम्मको ले भर्न पाउने 

३) प्रहरी जवानको भर्ना सम्बन्धी जानकारी

  • १) उमेर सम्बन्धी जानकारी 
    • क) सर्बसाधारण उमेदवारको हकमा १८ बर्ष पुरा भई २३ बर्ष ननाघेको
    • ख) विभागिय प्र.का.स. उम्मेदवारको हकमा १८ बर्ष पुरा भई २५ बर्ष ननाघेको 
  • २) शैक्षिक योग्यता सम्बन्धी जानकारी 
    • क) ८ कक्षा पास भए पुग्ने 
उदहारण:
विज्ञापन प्रकासन मिति: २०७७/१०/०१ गते
दरखास्त फारम वितरण तथा दर्ता मिति: २०७७/१०/०५ गते देखि २०७७/११/११ गते सम्म 
  • १) सर्बसाधारणको हकमा 
    • मिति २०५४/११/११ गते देखि २०५९/११/११ गरे सम्मको ले भर्न पाउने 
  • २) विभागिय प्र.का.स.को हकमा 
    • मिति २०५२/११/११ गते देखि २०५९/११/११ गरे सम्मको ले भर्न पाउने

४) प्रहरी कार्यालय सहयोगी भर्ना सम्बन्धी जानकारी

  • १) उमेर सम्बन्धी जानकारी 
    • क) सर्बसाधारण उमेदवारको हकमा १८ बर्ष पुरा भई २३ बर्ष ननाघेको 
  • २) शैक्षिक योग्यता सम्बन्धी जानकारी 
    • क) साधारण लेखपठ भए पुग्ने
    • ख) खेलाडीको हकमा राष्ट्रिय स्थरको खेल खेलेको प्रमाण पत्र अनिवार्य हुनुपर्ने 
उदहारण:
विज्ञापन प्रकासन मिति: २०७७/१०/०१ गते
दरखास्त फारम वितरण तथा दर्ता मिति: २०७७/१०/०५ गते देखि २०७७/११/११ गते सम्म 
  • १) सर्बसाधारणको हकमा 
    • मिति २०५२/११/११ गते देखि २०५७/११/११ गरे सम्मको ले भर्न पाउने

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post