कालिकोटको पलाँतामा गाडी संचालन


कालिकोट । जिल्लाको पलाँता गाउँपालिका ५ खिन निवासी ३३ वर्षीया लोकेन्द्रबहादुर बम चामल, नुन, तेल लिनकै लागि बर्दियाको राजापुर र कैलालीको चिसापानीसम्म डोको बोकेर पुगेका छन्।

जिल्लामा यातायात सेवा र हवाई सेवा नहुँदा विगत १२ वर्ष अगाडिसम्म जिल्लाका सबै नागरिकको बाध्यता यस्तै थियो। नेपाली सेनाले २०६४ साल चैत ३० गते तत्कालीन राजा ज्ञानेन्द्र शाहाको आदेशमा जिल्ला सदरमुकाम मान्ममा पहिलो पटक गाडी पुगेको थियो।

जिल्ला सदरमुकामबाट २ दिनको पैदल यात्रा गरे पुगिने पलाँतामा गाडी गुड्ला भन्ने कल्पना पनि थिएन। बिहीबार पलाँता गाउँपालिकाले पलाँतामै सार्वजनिक यातायात सेवा संचालन गरी जिप गुडाएपछि उनी दंग छन्।

‘बर्दियाको राजापुरमा देखिने गाडी र हाटबजार सुर्खेत, दैलेखको तल्लो डुगेस्वर, टुनीबगर, राकम बजार, खिड्कीज्यूला, जिते, शान्निगाट, जारकोट, घाटाचौर हुँदै पलाँतामै पुग्दा निकै खुसी लागेको छ’, उनले भने, ‘अब पलाँतामै गाडी चड्न पाइने भयो।’

पलाँता गाँउपालिका १ निवासी ६७ वर्षीया बिष्णु न्यौपाने पनि पलाँतामा गाडी पुगेकोमा खुसी छन्। उनले आफ्नै पालामा पलाँतामा गाडी पुग्ला भन्ने कल्पना पनि गरेका थिएनन्।

प्रदेश सरकारले थिर्पुमा बेलीब्रिज बनउने योजना छ। त्यसअघि फेरिमार्फत गाडी तार्ने तयारी भइरहेको छ।

पलाँता गाँउपालिकाले जनयुद्ध दिवसका अवसरमा पलाँतामा सार्वजानिक यातायात संचालन गर्ने जनताका सामु बाचा गरेकाले बाचा पुरा गर्न काठ, ड्रम र जर्किनको सहयोगमा नदीबाट २ वटा गाडी तारेरे गाउँमामा गाडी गुडाएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम ९पलाँती कान्छा० ले बताए। उनका अनुसार पलाँतामा हालसम्म करिब १५ करोड बराबरको लगानीमा २९ किलोमिटर सडक गाडी गुडाउन सकिने गरी ट्याग खोलिएको छ।

गाउँपालिकास्थित बेल्के ढुंगा, मोहर, सैन, पुलाहा हुँदै राडुनेटा जोड्न सडकको ११ किलोमिटर, थिर्पु बेरसैनकोट सडक खण्डको ५ किलोमिटर, ओदी काँध छलाँहा सडकखण्डको ११ किलोमिटर र सैन हुँदै गाउँपालिकाको केन्द्र लोहोडे सडक खण्डको २ किलोमिटर सडकमा गाडी गुडाइनेछ।

यसले पलाँताका ८० प्रतिशत घरधुरीलाई यातायात सेवा उपलब्ध हुनेछ। पलाँताले सुरुवातमा चार गाडी खरिद गरी २ वटा जुम्लाको ओदीदेखि पलाँताको खिनको जाँफ्यासम्म संचालन गर्ने र २ वटा गाडी पलाँता गाउँपालिका थिर्पुदेखि धौलागोहसम्म संचालन गर्ने उनले बताए।

अन्नपुर्णपोष्ट बाट साभार

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post