नेपाल लाईफका मालामाल लगानीकर्ताः १०० कित्ता सेयर किनेको १० वर्षमा ३५.६० लाख मूल्य !

आजभन्दा १० बर्ष अघि कम्पनीको १०० कित्ता सेयर किन्ने लगानीकर्ताको सेयर संख्या अहिले बृद्धि भएर अहिले १८०३ कित्ता पुगेको छ । कम्पनीले हालसम्म पनि आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गरेको भने छैन ।


कम्पनीले यो १० बर्षको अवधिमा सबैभन्दा बढि आर्थिक बर्ष २०६८/६९ मा लाभांश वितरण गरेको देखिन्छ यो बर्ष कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई ७० प्रतिशत बोनश सेयर र ५६.३१ प्रतिशत नगद लाभांश गरी कुल १२६.३१ प्रतिशत लाभांश वितरण गरेको थियो भने सबैभन्दा कम आर्थिक बर्ष २०६७/०६८ मा ७.३७ प्रतिशत बोनश सेयर वितरण गरेको थियो ।

कम्पनीको पछिल्लो १० बर्षको लाभांश इतिहास यस्तो छः

कम्पनीको अघिल्ला २ आर्थिक बर्षको बोनश घोषणा हुन अझै बाँकी नै छ । कम्पनीको सेयरमा १० बर्ष अघि लगानी गर्ने लगगानीकर्ताको सेयरको मूल्य अहिले आजको सेयर मूल्य अनुसार ३५ लाख ६० हजार रुपैयाँ भन्दा माथि पुगिसकेको छ भने यसका लगानीकर्ताहरुले विभिन्न आर्थिक बर्षहरुमा आकर्षक नगद लाभांश समेत बुझेकाछन् ।


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post