चिनियाँ अन्तरीक्ष यात्रीले गरे पहिलो ‘स्पेस वाक’

चीनको आफ्नै अन्तरीक्ष स्टेसनमा रहेका अन्तरीक्षयात्रीहरुले सफलतापूर्वक स्टेसन बाहिर निस्किएर अन्तरीक्षमा हिँडेका छन् 

चिनिया अन्तरीक्षयात्रीहरुको योे ‘स्पेस वाक’लाई चीनको तीव्र गतिमा विस्तार गरिरहेको अन्तरीक्ष कार्यक्रमका लागि कोशेढुंगा मानिएको छ ।


यसअघि सन् २००८ मा शेन्झोउ ७ अन्तरीक्ष मिसनमा गएका अन्तरीक्षयात्रीहरु यान बाहिर निस्किएर अन्तरीक्षमा हिँडेका थिए ।

चीनको मानव अन्तरीक्ष एजेन्सी (सिएमएसए) का अनुसार अन्तरीक्ष स्टेशनमा रहेका ३ जना मध्ये दुईजना आइतबार बिहान मुख्य मोड्युलबाट बाहिर निस्किएर अन्तरीक्षमा विचरण गरे । स्पेस वाकका क्रममा उनीहरुले नयाँ संस्करणको स्पेसशुटको परीक्षण गर्नुका साथै उपकरणहरु इन्स्टल गरे, प्यानोरमिक क्यामराले दृश्यहरु खिचे र स्टेसनको रोबोटिक हातको पनि परीक्षण गरे ।

एजेन्सीका अनुसार अन्तरीक्षयात्रीहरुको आगामी ३ महिनामा हुने अर्बिटल उडानका क्रमा अर्को स्पेस वाक हुनेछ । यो चीनको सबैभन्दा लामो मानव अन्तरीक्ष मिसन हो ।

स्मरण रहोस् चीनले यसअघि गत डिसेम्बरमा चन्द्रमामा र मे महिनामा मंगल ग्रहमा अनुसन्धानमूलक रोबर उतारिसकेको छ ।

सन् २०२२ को डिसेम्बर सम्ममा आफ्नो पूर्ण मानव क्षमताको अन्तरीक्षमा स्टेसन बनाउने योजनामा रहेको चीनले गत अप्रिल २९ मा पहिलो कोर मोड्यूलको रुपमा रहेको तियान्हे प्रक्षेपण गरेको थियो । यो मोड्यूल चीनले हालसम्म विकास गरेकोमध्ये सबैभन्दा ठूलो अन्तरीक्ष यान हो । जसको लम्बाइ १६.६ मिटर छ भने भित्री कोठा ५० क्युबिक मिटरको छ, जहाँ अन्तरीक्षयात्री बस्न मिल्दछ ।

चीनले यसअघि पृथ्वीको कक्षमा दुईवटा अन्तरीक्ष प्रयोगशाला सञ्चालन गरिसकेको छ । तियाङ्गगोङ्ग–१ र तियाङ्गगोङ्ग–२ नामक ती प्रयोगशाला हालको अन्तरीक्ष स्टेसन निर्माणका लागि ट्रायलको रुपमा सञ्चालन गरिएको यिो ।

अन्तरीक्षमा लामो समयदेखि रहेको अन्तराष्ट्रिय स्पेस स्टेसनमा अमेरिकाको राजनीतिक विरोध तथा कानूनी अड्चनका कारण चीनलाई बन्देज लगाइएको छ । रुसले पनि उक्त अन्तरीक्ष स्टेसन छाडिसकेको छ र सन् २०३० सम्ममा आफ्नै स्पेस स्टेसन तयार गर्ने योजना बनाएको छ ।

चीनले गत मे महिनामा आफ्नो निर्माणाधीन अन्तरीक्ष स्टेसनमा नी हाइशेंग, लिउ बोमिंगर तांग होंगबो गरी तीन जना अन्तरीक्ष यात्रीलाई पठाएको थियो । उनीहरु तीन महिनासम्म अन्तरीक्ष स्टेसनमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post