अर्बपति रिचार्ड ब्रान्सनले रचे इतिहास, जहाजमा चढेर अन्तरिक्षको यात्रा ।

बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका मालिक रिचार्ड ब्रान्सन आफ्नै लगानीको रकेटमा चढेर अन्तरिक्षको यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन् ।

उनको कम्पनी भर्जिन ग्यालाक्टिकले निर्माण गरेको सुपरसोनिक स्पेस जहाज अमेरिकाको न्यु मेक्सिकोबाट ब्रान्सन र अन्य ३ जना यात्रुलाई लिएर अन्तरिक्ष उडानमा निस्किएको थियो ।


उक्त जहाजमा ब्रान्सनसँगै कम्पनीका ३ अन्य कर्मचारी बेथ मोसेस, कोलिन बेन्नेट र सिरिसा बन्दला दिए । त्यस्तै डेभ म्याके र माइकल मासुस्सीले उत्त जहाज उडाएका थिए ।

स्पेसशिप टू नामक उक्त सिंगल रकेट मोटर जहाज निर्माणका लागि कम्पनीले २ दशकको अथक मिहिनेत लगाएको थियो । उक्त जहाज पृथ्वीभन्दा ८५ किलोमिटर उचाइँमा पुगेर केहीबेर तौलविहीनतामा अडिएको थियो । त्यतिबेला जहाजका यात्रुहरुले पृथ्वी र अन्तरीक्षको प्यानोरामिक दृश्य हेर्न पाएका थिए ।

उक्त सुक्ष्म गुरुत्वाकर्षण क्षेत्रमा तौलविहीनता अनुभव गरिरहँदा ब्रान्सनले जहाजको क्यामरा प्रयोग गरी सन्देश दिए- त्यहाँ भएका सबै बच्चाहरु । म कुनैबेला आकाशका तारा हेरिरहने सपना बोकेको बच्चा थिएँ । अहिले म वयस्क छु र अन्तरिक्षयानमा छु । यदि हामीले यो गर्न सक्छौँ भने कल्पना गर्नुहोस् तर तपाईंले के गर्न सक्नुहुन्छ ।

ब्रान्सनले आफ्नो जिवनकालकै सवोत्कृष्ट अनुभव भएको बताएका छन् ।

अन्तरिक्ष जहाजमा पृथ्वीबाट उडेको एक घण्टामै उनी सकुसल पृथ्वीमा अवतरण गरेका थिए ।

योसँगै आफ्नै साधनबाट अन्तरिक्ष पर्यटनको सुरुआत गर्ने अर्बपतिहरुमा ब्रान्सन अग्रणी बनेका छन् । स्मरण रहोस् आगामी जुलाई २० मा आफ्नै कम्पनीको रकेटबाट अन्तरिक्ष यात्रामा जाँदैछन् । रकेट बनाउने कम्पनी स्पेस एक्सका सीईओ एलन मस्कले भने अन्तरिक्ष यात्राको कुनै योजना सार्वजनिक गरेका छैनन् ।

आगामी वर्षदेखि व्यवसायिक रुपमा अन्तरिक्ष पर्यटन शुरु गर्ने र त्यसका लागि टिकट बिक्री सुरु गर्ने योजना भर्जिन ग्यालाक्टिकको रहेको छ । हालसम्म झण्डै ६ सय व्यक्तिले उक्त कम्पनीमा अन्तरिक्ष यात्राको टिकट खरीदका लागि अग्रिम भुक्तानी गरिसकेको बताइएको छ । भर्जिन ग्यालाक्टिकको जहाजबाट अन्तरिक्ष यात्राका लागि अढाइ लाख डलरको टिकट खरीद गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post