यस कारण ठूलो चिठ्ठा बन्यो आईपीओ पर्नु

आईपीओको नतिजा आएको केही समयपछि सामाजिक सञ्जालमा लगानीकर्ताहरुले आईपीओ नपरेकोबारे निराशा प्रस्तुत गरे । लगानीकर्ता एवम् सञ्चारकर्मी प्रजिता बुढाथोकीले लगातार पाँच पटकसम्म आईपीओ नपरेको आफ्नो फेसबुकमा लेखिन् । ‘लगातार पाँच वटा कम्पनीको आईपीओ नपरेपछि त्यो एक हजार रूपैयाँको १० किलो आँप किनेर खाने निर्णय गरियो ‘ उनले सोमबार साँझ उक्त स्ट्याटस् पोष्ट्याएकी थिइन् ।


यस्तै ट्रोल फेसबुकमा सेयर गरेका गुल्मीका अच्युत भण्डारी ११ वटा आईपीओमा आवेदन गर्न एक हजारले पुगेकाले यस्तो स्ट्याटस लेखेको बताउँछन् । निफ्रापछि निरन्तर आवेदन दिएको ११ वटा कम्पनीको आईपीओ आफूलाई नपरेको उनले सुनाए । ‘हरेक कम्पनीमा १० कित्ता आवेदन गरेको छु, त्यही एक हजारले काम चलेको छ, ११ कम्पनी पुग्दा पनि सो रकम खर्च भएको छैन,’ उनले भने । कतिपयले भने सामाजिक सञ्जालमा अमेरिकी डिभी चिठ्ठा र आईपीओ पर्नु उस्तै मुस्किल भएको चर्चा पनि गरेका छन् ।

किन मुस्किल भयो आईपीओ पर्न

यस्तै यूनियन लाइफइन्स्योरेन्सको संख्या ठूलो हुँदा पनि झण्डै चार गुणा बढी आवेदन परेको सीडिएससीले जनाएको छ । सानो संख्याको आईपीओ खुल्नु र प्राथमिक सेयरमा आवेदन गर्ने लगानीकर्ताको संख्या हृवात्तै बढ्दा आईपीओ पर्ने कुरा चिठ्ठा झै भएको उनले बताए । नेपाल पूर्नबिमा कम्पनी (एनआरआईसी) को आईपीओपछि सेयर बजारमा नयाँ आवेदकको बाढी आएको न्यौपाने बताउँछन् । उक्त आईपीओ पर्ने लगानीकर्ताले निकै राम्रो लाभ लिएपछि बजारमा आईपीओ होड बढेको सीडिएसीको बुझाई छ ।

प्रविधि मैत्री, सहज प्रवेश

कुनै बेला सेयरमा आवेदन गर्नका लागि लगानीकर्ताले दिनभरको समय छुट्याउनु पर्थ्यो । सूचनाको अभाव, सेयरबारेको ज्ञान कम र आईपीओ आवेदनको भौतिक प्रणालीका कारण सेयर बजारमा छिर्न मानिसहरु असहज ठान्थे । ‘कागजी फारम भरेर दिनभरी लाईनमा बसेर बिक्री प्रबन्धकमा फर्म बुझाउने, अर्धकट्टी लिएर राख्ने, सेयरको भौतिक प्रमाण पत्र लिने सारै झन्जटिलो काम थियो,’ पुराना लगानीकर्ता दिलीप श्रेष्ठ सम्झन्छन् ।

तर अहिले नियमक निकायले सेयर बजारमा प्रविधिको अधिकतम् प्रयोग गरेका कारण सेयर आवेदन, दोस्रो बजारमा बिक्री जस्ता कामहरु देशको जुनसुकै कुनामा बसेर मोबाइलबाटै गर्न सकिन्छ । सेयरको सबै प्रमाण डिजिटल भएको छ भने आईपीओ आवेदन देखि दोस्रो बजारमा बिक्री र रकम संकलनकालागि लगानीकर्ता अहिले कही कतै जानु नपर्ने धितोपत्र बोडको भनाइ छ । सहजता, प्रविधि प्रयोग र नाफा सुनिश्चितता भएपछि बजारमा नयाँ लगानीकर्ताको प्रवेश ब्यापक भएको बोर्डका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना बताउँछन् ।

सेयर बजार बारेको ज्ञानको दायरा पनि पछिल्लो वर्षहरुमा फराकिलो भएको र युवाको आकर्षण बढ्दा बजार फैलिएको उनले बताए । बजारमा लगानीकर्ता बढ्दा कम्पनीहरुमा पनि आईपीओ निष्कासन लागि हौसला बढेको ढुंगानाले बताए । कुनै बेला जलविद्युत कम्पनीको आईपीओ नबिक्ने समस्या थियो तर अहिले कयौं गुणा बढी आवेदन पर्छ, बजारमा व्यापक सुधार भएको छ,’ कार्यकारी निर्देशक ढुंगानाले भने । यसले दोस्रो बजारको भविष्यलाई थप फैलाइदिएको उनले बताए । धेरै आवेदन भएपछि सानो आकारको आईपीओ पर्न मुस्किल हुनु बजारको सामान्य नियम नै भएको पनि बोर्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post