बाढी र डुवानपछिको मेलम्ची बजार

२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण अत्यधिक प्रभावित भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र बुधबार दिनभर जसो डुवानमा पर्‍यो।

दिनभर पनि पानी परेकाले नदीको सतह नघट्दा बजारका धेरैजसो घरका बासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् । बाढीका कारण मेलम्ची नगरपालिकाका ६०० जना प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको खनालले बताए । त्यसक्रममा पानीमा फसेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले ६० जनाको उद्दार गरेका छन्।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घरको छतमा फसेका ४ जनालाई ‘एयर लिफ्ट’ गरेर सुरक्षित स्थानमा लगिएको थियो । बाढीले मेलम्ची आयोजनाका ८ जना कर्मचारी सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

हेर्नुहोस् तस्वीरहरु:






















प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post