फ्लोर क्रस गर्ने कर्णालीका चार एमाले सांसदलाई पार्टीबाट हटाउने नेकपा एमालेको तयारि

 



काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी गरेको छ । शुक्रबार (आज) बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाउन लागेको हो ।

गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले फ्लोर क्रसगर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । शाहीलाई विश्वासको मत दिने चारैजना भोलिपल्टै प्रदेश सरकारका मन्त्री बनेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान ११ बजेपछि  बस्ने बैठकमा कर्णाली प्रदेशका ५ सहित ३२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे विश्लेषण गर्नुका साथै आवश्यक निर्णय गरिने नेता सुवास नेम्वाङले जानकारी दिए ।

नेता नेम्वाङका अनुसार फ्लोर क्रस गर्ने चार जना सांसदको कारवाही निश्चित छ । कर्णाली प्रकरणमा अनुशासन उल्लंघन गर्ने चार सांसदलाई कारवाही हुन्छ । अरुको हकमा छलफलपछि नै निर्णय हुन्छ’, नेता नेम्वाङले रातोपाटीसँग भने, ‘नेपालकै इतिहासमा यस्तो अराजकता मच्चाउनेमाथि कारवाही भएन भने थप अराजकता बढ्छ ।

यसैबीच, नेकपा एमालेले बरिष्ठ नेता माधव कुमार नेपालसहितका संघीय सांसदबारे भने उनीहरुको स्पष्टीकरण अध्ययन गरेर मात्रै निर्णय लिने भएको छ ।

अरुको हकमा अहिले नै केही भन्न सकिँदैन । उहाँहरुको स्पष्टीकरण पनि अध्ययन र छलफल हुन्छ । सायद उनीहरुबारे नेताहरुबीच संवादसमेत भइरहेकाले तत्कालै कारवाही हुँदैनअध्यक्ष केपी ओली निकट एक नेताले भने, ‘सबैलाई एकैपटक कारवाही गर्दा बाहिर सन्देश पनि फरक जान सक्छ । त्यसैले उनीहरुको हकमा केही दिन पर्खँदा नै राम्रो हुन्छ भन्ने अध्यक्षको बुझाइ छ।यसअघि वैशाख ६ गते बसेको बैठकले माधव नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post