धनुषामा टिपर र बस ठोक्किँदा १७ जना घाइते


   ४ वैशाख, जनकपुरधाम । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका९ मा बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २०३००१ क ०६९० नम्बरको टिपर र विपरित दिशातर्फ आउँदै गरेको को १ ख ६६९१ नम्बरको बस शनिबार दिउँसो एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको लालगढ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post