नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुलेको सुचना

लोक सेवा आयोग

श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग

गंगी अड्डा - भद्रकाली काठमाण्डौद्वारा





आज मिति २०७७ साल माघ २२ गते श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, गंगी अड्डा - भद्रकाली काठमाण्डौद्वारा नेपाल आर्मीमा रिक्त रहेको अधिकृत क्याडेट पदको लागि भर्ना छनोट गर्ने सुचना प्रकासन गरेको छ । उक्त सुचना अनुसार अधिकृत क्याडेट पदमा मिति २०७७ साल माघ २२ गते देखि २०७७ साल फागुन २१ गते सम्म कार्यालय समयभित्र तपाईहरुले दरखास्त फारम भर्न सक्नुहुनेछ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक Website: www.nepalarmy.mil.np बाट online दरखास्त फारम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रु १० को टिकट टाँसी दरखास्त फारम पेश गर्नु पर्नेछ ।

दरखास्त फारम पेश गर्ने स्थान :
  • श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, गंगी अड्डा - भद्रकाली काठमाण्डौ । फोन नम्बर ०१-४२४६९५० र ९८६३०३१५६१
  • श्री पूर्वी पृतना हेडक्वाटर, ईटहरी सुनसरी । फोन नम्बर ०२५-५८४९३३ र ०२५-५८२३६२
  • श्री मध्य पूर्वी पृतना हेड्क्वाटर, सैनिक शिविर वर्दिबास महोत्तरी । फोन नम्बर ९८५४०२०७७३ र ९८६३०२९१०२
  • श्री मध्य पृतना हेड्क्वाटर, सुपारेटार हेटौडा । फोन नम्बर ०५७-४१९०००, ०५७-४१९०१५
  • श्री पश्चिम पृतना हेड्क्वाटर, विजयपुर पोखरा । फोन नम्बर ०६१-४११६७५ र ०६१-४११३११
  • श्री मध्य पश्चिम पृतना हेड्क्वाटर, बुटवल रुपेन्दही । फोन नम्बर ०७१-४१९२१० र ०७१-४१९२०९
  • श्री उत्तर पश्चिम पृतना हेड्क्वाटर, निमारे सुर्खेत । फोन नम्बर ०८३-४१४०४५ र ८३-४१४०२३
  • श्री सूदुर पश्चिम पृतना हेड्क्वाटर, तेघरी कैलाली । फोन नम्बर ०९१-५०७४७ र ०९१-५५०७४२

अधिकृत क्याडेट पदकोलागि: खुल्ला समुहमा : १०५ जना , अमर/अशक्त नेपाली सेनाका सन्तति समुहमा : ५ जना , महिला समुहमा : १८ जान , आदिवासी जनजाती समुहमा :२९ जना , मधेशी समुहमा : २५ जना , दलित समुहमा : १४ जना , पिक्षदिएको क्षेत्र समुहमा : ४ जाना , गरि जम्मा २०० जना नेपाली सेनाको अधिकृत क्याडेट पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि अधिकृत क्याडेट पदहरुको लागि भर्ना हुन चाहिने उमेर सम्बन्धी जानकारी:
  • +२ तह वा सो सरह पस भएको हकमा (GPA 1.6 आएको र प्रतेक विषयमा D+ हुनु पर्ने) : मिति २०७७/११/२१ गतेको दिन १८ बर्ष पुरा भई २१ बर्ष ननाघेको हुनुपर्नेछ ।
  • स्नातक तह वा सो सरह पास भएको हकमा: मिति २०७७/११/२१ गतेको दिन १८ बर्ष पुरा भई २४ बर्ष ननाघेको हुनुपर्नेछ ।
  • बाहालवाल सैकिक सैनिक उमेदवारको हकमा: मिति २०७७/११/२१ गतेको दिन २६ बर्ष ननाघेको हुनुपर्नेछ ।

अधिकृत क्याडे पदको लागि चाहिने न्यूनतम योग्यताहरु:
  • पुरुस उमेदवारको लागि : न्यूनतम उचाई ५ फिट ३ ईन्च भएको, छाती नफुल्लाउदा न्यूनतम ३२ ईन्च र फुल्लाउदा न्यूनतम ३४ ईन्च पुगेको र न्यूनतम वजन ५० के.जी. भएको हुनेपर्नेछ ।
  • महिला उमेदवारको लागि : न्यूनतम उचाई ५ फिट भएको र न्यूनतम वजन ४० के.जी. भएको हुनेपर्नेछ ।
  • चस्मा प्रयोग गर्ने भएमा -२ देखि +२ भन्चा बढी कम्जोर नभएको हुनुपर्ने

Click Here To Download Full Notice:
विज्ञापन सम्बन्धी सुचना - PDF File

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post