How to earn Money From Google Adsense

धेरैलाई थाहा नहुन सक्छ गुगोलले पैसा दिन्छ भनेर, कतिलाई त पत्यार पनि नलाग्न सक्छ । हामिहरू सामाजिक सञ्जालमा कुनै न कुनै साइटहरुमा व्यस्त हुन्छौ र इन्टरनेटको सहयोगबाट पनि पैसा कमाउन सकिन्छ । इन्टरनेटबाट पैसा कमाउनका लागि धेरै तरिका छन् । केही उपयोगी तरिकाहरू हामिले उल्लेख गरेका छौ ।
Google बाट पैसा कमाउने तरीका ।




Google Adsense संसारकै सबैभन्दा ठूलो र धेरै पैसा दिने अनलाईन एड् नेटवर्क हो । यदि तपाईंले थोरै मिहेनत गर्नुभयो भने Google Adsense मार्फत पैसा कमाउन सक्नुहुन्छ । पैसा कति कमाउने भन्ने त तपाईंको खुबी र मिहेनतमा भर पर्छ । तर यसैबाट मनग्गे आम्दानी गर्नेहरु पनि छन् ।


Google Adsense बाट पैसा कमाउनका लागि सुरुमा तपाईंले आफ्नो ब्लग वा वेबसाईट बनाउनु पर्ने हुन्छ । अझ गुगलकै फ्रि ब्लगिङ साईट Blogger को प्रयोग गर्नुभयो भने फ्रिमा नै तपाईंको ब्लग तयार हुन्छ । त्यसपछि तपाईंले त्यस ब्लगमा पाठक तान्नका लागि तपाईंका आफ्ना रचना तथा अन्य रोचक र जानकारीमुलक कुराहरु राख्न सक्नुहुन्छ ।


त्यसपछि तपाईंले Google Adsense अकाउन्ट खोलेर विज्ञापनका लागि अप्लाई गर्नुहोस् । गुगलले तपाईंको ब्लग र तपाईंले राखेका कन्टेन्टरहरु रिभ्यू गर्छ र तपाईंलाई विज्ञापनको कोड उपलब्ध गराउँछ । यसरी गुगलले उपलब्ध गराउने कोडलाई तपाईंले आफ्नो ब्लगमा राख्नुपर्छ । जब तपाईंको ब्लगमा यस्ता विज्ञापनहरु क्लिक हुन थाल्छन् तपाईंको कमाइ सुरु हुन्छ । जति धेरै भिजिटर ल्याउन सक्नुहुन्छ त्यति नै धेरै कमाइ हुने सम्भावना हुन्छ ।
महिनामा निश्चित दिन गुगलले तपाईंको महिनाभरीको कमाइ पठाउँछ । यसरी प्राप्त हुने पैसा लिनका लागि तपाईंले Bank Account अथवा गुगल चेकको प्रयोग गर्न सक्नुहुन्छ ।
१०० डलर कमाएपछि पाउनुहुन्छ पैसा ?
यसरी पैसा दिने कुरामा गुगलको एउटा सर्त हुन्छ । तपाईंले गुगलबाट पैसा लिनका लागि आफ्नो Adsense अकाउन्टमा १०० डलर आम्दानी गर्नुपर्ने हुन्छ । तर, गुगलले तपाईंलाई पैसा तपाईंको व्यक्तिगत खातामा ट्रान्सफर गरिदिन्छ । तपाईंले एक महिनामा नै १०० डलरभन्दा बढी कमाउनुभयो भने त सिधै सोही महिना पैसा प्राप्त हुन्छ । यदि महिनामा १०० डलर पुगेन भने १०० डलर पुगेपछि अर्को महिना पैसा पाउनुहुन्छ । दैनिक हुने कमाइ तपाईंको Google Adsense अकाउन्टमा जम्मा भएर बस्छ ।
कस्तो हुन्छ विज्ञापन ?
Google Adsense ले विभिन्न किसिमका विज्ञापन उपलब्ध गराउँछ । जसमा भिडियो, फोटो, टेक्स्ट, ब्यानरआदि हुन्छ । तपाईंले आफ्नो लागि वेस्ट क्याटोगरीको एड् चुनेर आफ्नो ब्लगमा राख्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post