फेसबुक कम्पनीमा कसले कति पाउँछन् तलब ?


फेसबुक कम्पनीका सीईओ मार्क जुकरबर्गको कूल सम्पत्ति एक खर्ब ७ अर्ब डलर रहेको छ । संसारका सबैभन्दा धनी व्यक्तिको चौथो स्थानमा आउने जुकरबर्गले आफू कार्यरत फेसबुक कम्पनीबाट चाहिँ सबैभन्दा कम तलब पाउँदछन् ।

जुकरबर्गले फेसबुक कम्पनीबाट वार्षिक जम्मा १ डलर मात्र तलब बुझ्ने गरेका छन् । तथापि त्यसमा उनको सुरक्षा र हवाई उडानमा भएको खर्च जोडिएको छैन ।

जुकरबर्गले वार्षिक एक डलर मात्र तलब बुझिरहँदा फेसबुक कम्पनीका अन्य कर्मचारीहरुको तलबचाहिँ वार्षिक कम्तिमा ६ अंकमा रहेको छ । फेसबुकमा कार्यरत अधिकांश सफ्टवेयर इन्जिनियरदेखि प्रडक्ट म्यानेजर र कपिराइटरदेखि वकिलसम्मको तलब वार्षिक एक लाख डलरभन्दा धेरै छ ।

बिजनेस इनसाइडरले अमेरिकी सरकारद्वारा प्रकाशित तलब तथ्यांकको विश्लेषण गरी फेसबुक कम्पनीले अमेरिकामा आफ्ना कर्मचारीलाई भुक्तान गर्ने तलबको लेखाजोखा गरेको छ ।

कम्पनीले हरेक वर्ष आफूले जागिरमा लगाउने विदेशी नागरिकहरुको भिसा आवेदनका क्रममा भर्ने गरेको तलबको अंकका आधारमा त्यस्तो तथ्यांक संकलन गरिएको हो । यद्यपि त्यस्तो अंक केवल आधारभूत तलबमान मात्र हुने भएकोले कम्पनीले आफ्ना कर्मचारीहरुले भुक्तान गर्ने तलब तथा अन्य भत्ता सहितको कूल रकम भने त्यसबाट अधिक समेत हुनसक्दछ ।

उक्त तथ्यांकअनुसार फेसबुक कम्पनीले आफ्ना विभिन्न ओहोदा र जिम्मेवारीका कर्मचारीहरुलाई दिने वार्षिक तलब यस्तो छ :

१. डाटा वैज्ञानिक : एक लाख १० हजार डलरदेखि २ लाख १६ हजार डलरसम्म

२. सफ्टवेयर इन्जिनियर : एक लाख १० हजार डलरदेखि २ लाख ८० हजार डलरसम्म

३. डाटा इन्जिनियर : एक लाख १० हजार डलरदेखि १ लाख ९५ हजार डलरसम्म

४. अनुसन्धान वैज्ञानिक : एक लाख ३५ हजार डलरदेखि २ लाख ५० हजार डलरसम्म

५. इन्जिनियरिङ म्यानेजर : एक लाख ७१ हजार डलरदेखि २ लाख ८० हजार डलरसम्म

६. टेक्निकल प्रोग्राम म्यानेजर : एक लाख ११ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्म

७. प्रोडक्सन इन्जिनियर : एक लाख १० हजार डलरदेखि २ लाख २१ हजार डलरसम्म

८. इन्जिनियरिङ निर्देशक : दुई लाख ८४ हजार डलरदेखि ३ लाख ४५ हजार डलरसम्म

९. एनालिटिक्स प्रमुख : एक लाख ५५ हजार डलर

१०. प्रडक्सन डिजाइनर : एक लाख ५ हजार डलरदेखि १ लाख ९९ हजार डलरसम्म

११. फ्रन्ट एन्ड इन्जिनियर : एक लाख १० हजार डलरदेखि २ लाख २५ हजार डलरसम्म

१२. प्रडक्ट म्यानेजर : एक लाख १० हजार डलरदेखि २ लाख ४० हजार डलरसम्म

१३. सेक्योरिटी इन्जिनियर : एक लाख १५ हजार डलरदेखि २ लाख १५ हजार डलरसम्म ।

त्यसैगरी फेसबुकको हार्डवेयर र नेटवर्कस् विभागमा काम गर्ने कर्मचारीहरुको तलब यस्तो छ :
ASIC & FPGA Engineer: $145,000 to $205,000
Electrical engineer: $125,000 to $205,000
Optical scientist: $140,000 to $180,359
Hardware engineer: $155,000 to $208,192
Network engineer: $78,499 to $180,000
VP, AR/VR partnerships: $425,000

फेसबुकको नीति, सामग्री र अनुसन्धान क्षेत्रमा काम गर्ने कर्मचारीले चाहिँ तपसिलको तलब पाउँदछन् :
Content strategist: $115,000 to $180,000
Copywriter: $186,376
Policy programs manager: $150,000
SMB creative specialist: $112,172
VP, Global Affairs & Communications: $655,500
UX researcher: $120,000 to $162,000

त्यस्तै फेसबुकको बिजनेस, व्यवस्थापन तथा अन्य विभिन्न पदमा कार्यरत कर्मचारीहरुको तलब यस्तो छ :
Product marketing manager: $110,779 to $205,680
Finance manager: $145,000 to $180,000
HR business partner: $153,000 to $220,500
Business analyst: $130,000 to $201,676
Events manager: $143,343
Security analyst: $145,089
Lead counsel: $210,000

बिजनेस इनसाइडरबाट

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post