रेखा भन्छिन्, ‘कोरोना संक्रमितलाई माया गरौँ’


काठमाडौं – अभिनेत्री रेखा थापाले कोरोना संक्रमितलाई माया गर्नुपर्ने बताएकी छन् । 

उनले सामाजिक संजालमा एक पोस्ट गर्दै कोरोना संक्रमितलाई माया र सद्भाव देखाउनु पर्ने बताएकी हुन् ।

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण बढ्दो छ । यो अवस्थामा रोग नियन्त्रणका लागि अग्रपंतिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतलाई सर्वसाधारणले घरमा आउन जान रोक लगाउनुको साथै दुव्र्यवहार समेत गरेको घटना बाहिर आउन थालेका छन् । 

यस बिषयमा पनि अभिनेत्री थापाले भनेकी छन् ‘स्वस्थ्य क्षेत्रमा काम गर्ने बहादुर र प्रतिभावान आफन्तलाई उच्च सम्मान गरौँ ।’

‘कोरोना संक्रमितलाई बाहिस्कार गर्ने होइन, संक्रमण भाइरसबाट सचेत रहौ’ रेखाले अगाडि भनेकी छन् ‘संक्रमित ब्यक्तिलाई हामी सबैले धेरै माया गराँै ।’

रेखाले संक्रमितको भाइरस आफूलाई नसर्ने तरिकाले उनीहरुलाई सम्मान र सद्भाव देखाउन समेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post